• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

पुस १५ को तयारीमा तमू ह्युल छोंज धीँ भव्य कार्यक्रम आयोजना गरेर मनाइँदै

  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । यतिबेला चितवनका गुरूङ समुदाय तमू ल्होसार मनाउनमा व्यस्त छन्। टोलटोलमा ल्होसारका कार्यक्रम हुन थालेका छन्। गुरूङ समुदायकै छाता संस्था तमू ह्युल छोंज धीँ, गुरूङ राष्ट्रिय परिषद् चितवनले भने भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा ल्होसार मनाउने तयारी गरिरहेको छ।

    विगतका वर्षहरूमा भन्दा यसवर्ष बृहत् बनाउने गरी तयारी भइरहेको ह्युल छोंज धीँ चितवनले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। वर्ग चक्रअनुसार यसवर्ष बिरालो वर्गलाई बिदाइ गर्दै गरूड वर्गको स्वागत गर्ने तयारीमा रहेको ह्युल छोंज धीँले मौलिक लोक संस्कृति संरक्षणमा विशेष ध्यान दिँदै आइरहेको छ। सोहीअनुसार यसवर्ष पनि मौलिक लोक संस्कृतिलाई प्राथमिकतामा राखेर तयारी गरिरहेको ह्युल छोंज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन्।

    ‘कतिपय लोक संस्कृति हराउने अवस्थामा आइपुगेको छ। त्यसैले नयाँ पुस्तालाई जानकारी गराउनको लागि पनि हामीले मौलिक संस्कृतिलाई स्थान दिनुपर्छ,’ उनले भनिन्, ‘किनकि मौलिक लोक संस्कृति हाम्रो पहिचान हो। हाम्रो अस्तित्व हो।’

    पुस १४ गते राति १२ बजेपछि बिरालो वर्गलाई बिदाइ गर्दै गरूड वर्गलाई स्वागत गर्ने र १५ गते दिनभर विभिन्न खालका सांस्कृतिक कार्यक्रम गरेर शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको उनले बताइन्। ह्युल छोंज धीँको केन्द्रदेखि इकाइसम्म र मातहतका भातृ तथा शुभेच्छुक संस्थाहरूलाई समेत समेटिने गरी कार्यक्रम गर्दै आएको उनको भनाइ छ।

    वर्ग फेरिएपछि नयाँ वर्गको स्वागतसँगै १५ गते बिहान महाबौद्ध गुम्बामा लामा गुरूहरूबाट आशिर्वाद ग्रहण गराउने कार्यक्रम रहेको उनले बताइन्। गुरूङ समुदायको लागि महत्त्वपूर्ण उत्सवको रूपमा लिइँदै आएको ल्होसार पर्वलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि ह्युल छोंज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङको संयोजकत्वमा ५०५ सदस्यीय मूल आयोजक समिति र विभिन्न शीर्षकमा २२ वटा उपसमिति गठन गरेर तयारी गरेको हो।

    १४ गते राति विद्यार्थीको कार्यक्रम विगतका वर्षजस्तै यसवर्ष पनि पुस १४ गते राति ह्युल छोंज धीँअन्तर्गत विद्यार्थी संगठन नेपाल तमू (गुरूङ) विद्यार्थी छोंज धीँ चितवनले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। विद्यार्थी छोंज धीँ चितवनका अध्यक्ष सुमित गुरूङका अनुसार कार्यक्रममा जिल्लाभरका विद्यार्थीहरूले सांगीतिक प्रस्तुति दिनेछन्।

    साँझ सूर्य अस्ताएसँगै सुरू गरिने कार्यक्रम राति १२ बजेसम्म चल्नेछ। त्यसपछि भने वर्ग फेरिएको सङ्केत गर्दै दीप प्रज्वलन गरेर नयाँ वर्गलाई स्वागत गरिने विगतको परम्परा छ । यसवर्ष पनि सोही कार्यलाई निरन्तरता दिने ह्युल छोंज धीँ चितवनका सचिव किशोर गुरूङले जानकारी दिए । विशिष्ट व्यक्तिलाई सम्मान गरिने ह्युल छोंज धीँ चितवनले तमू ल्होसारको अवसर पारेर विभिन्न विधामा उच्च स्थान हासिल गरेका चितवनवासी तमूहरूलाई सम्मान गर्ने भएको छ।

    सम्मान तथा अभिनन्दन उपसमितिका संयोजक एवम् ह्युल छोंज धीँ बागमती प्रदेशका संयोजक गणेशबहादुर गुरूङका अनुसार जुनसुकै विषयमा विद्यावारिधी (पिएचडी) उपाधी प्राप्त गरेका, पत्रकारिता क्षेत्रमार्फत राष्ट्रियस्तरको योगदान दिएका, निजामति सेवामा प्रथम स्थान वा सो सरहको योगदान गरेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पदक जितेका खेलाडीलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ।

    त्यसका साथै विभिन्न खालका खेलकुद तथा हाजिरीजवाफ प्रतियोगिता र रक्तदानजस्ता सामाजिक कार्यक्रमले समेत यस वर्षको ल्होसारमा निरन्तरता पाएको छ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.