काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्नुंपर्ने बताएका छन् । निर्माण प्रक्रिया, साम्रगी नै नमिल्ने भएकोले पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरेर अर्कै गुरूयोजना बनाउनुपर्ने थापाको भनाइ छ। थापाले नयाँ गुरुयोजनाबारे बुधबार ट्विटरमा लेखेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको ‘नयाँ गुरुयोजना’ ! न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै। यो गुरुयोजना नै हैन ! अत : यसलाई खारेज गरौँ।’ गुरूयोजनालगायतको विरोधमा पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा केही समयदेखि आन्दोलनमा छन्। उनले सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाउन माग गरेका छन् । ‘पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ। तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकार संग हाम्रो माग हो।’ थापाले भनेका छन्।








