• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य

  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा र्‍याफ्टिङ, बञ्जीजम्प, हेलम्बु र पाँचपोखरीलाई छान पनि प्रवद्र्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् । प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्माण भइरहे पनि पर्यटकको मुख्य आकर्षक क्षेत्र अहिले पनि उभिन सकिरहेका छैनन् । चीन जोड्ने प्रमुख नाकामात्र नभई पर्यटकीय गन्तव्यमा उत्तिकै चर्चित तातोपानी नाका बल्ल शून्यबाट उभिँदैछ ।

    भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका यहाँका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन् । बर्सेनि धेरै सङ्ख्यामा तातोपानी धारा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले भारी गिरावट आएको धारा संरक्षण समितिका सचिव विष्णुलाल श्रेष्ठ बताउनुहुन्छ । भोटेकोशी गाउँपालिकामा रहेको ऐतिहासिक स्थल दुगुनागढी नेपाली सेनाले पुनःनिर्माण गरेर पुरानै अवस्थामा फर्काए पनि त्यहाँ पर्यटक पुग्ने वातावरणको बनेको छैन ।

    भूकम्पअघि वार्षिक पश्चिमा मुलुकका दुई हजारभन्दा बढी नागरिक दुगुनागढी र भैरवकुण्ड भ्रमणमा आउने गरेका थिए । तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । सोमध्ये ५० हजारभन्दा बढी चीनका हुन्थे । अहिले यो कथाजस्तै भएको तातोपानीका व्यापारी दीपेन्द्र श्रेष्ठ बताउनुहुन्छ । भोटेकोशी र सुनकोशी नदीमा गरिने ¥याफ्टिङ र बञ्जीजम्पको पर्यटन पनि नदी उत्खनन र प्रदूषणले बगरमा परिणत गराएपछि व्यवसायी निरुत्साहित छन् ।

    “जलपर्यटनलाई अरु चुनौती छैन, जथाभावी दोहन र नदी प्रदूषणलाई नियन्त्रण नगरिँदा यहाँको भविष्य धर्मराउँदो छ”, सुकुटे बिच एडभेन्चर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा भन्नुहुन्छ । विश्वका सानाठूला गरी छ हजार नदीनालामध्ये एडभेन्चरका लागि उत्कृष्ट १० नदीमा भोटेकोशी र सुनकोशी सातौँमा परेको छ । विसं २०५६ मा पहिलोपटक न्यूजील्याण्डका डेविट र नेपाली विष्णुप्रसाद न्यौपानेबाट सञ्चालित बञ्जीजम्प पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात छ । दैनिक ७० जना पर्यटकमा ४५ जना नेपालीले ‘बञ्जी एड्भेन्चर’ हान्छन् ।

    सडकलाई व्यवस्थित नबनाइएकाले बञ्जीसम्म आउने अवस्था जोखिम बन्दै गएको छ । भूकम्पअघि वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बुको बस्तीबाट पाँचपोखरीका विभिन्न धार्मिकस्थल अवलोकन गर्ने गर्दथे । अहिले पूर्वाधार र धार्मिक मन्दिर तङ्ग्रिने चरणमा रहे पनि दैनिक ४० पर्यटक मात्रै आउने गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

    अध्यक्ष शेर्पाका अनुसार ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्ची घ्याङ, महादेव पाइला, आमायाङ्ग्री, ग्रेटटेल र पाँचपोखरी घुम्न अत्यधिक आन्तरिक पर्यटक आउने गरेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.