• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

भरतपुरको दुई ठाउँबाट प्याराग्लाइडिङ गर्न सकिने

  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रुपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ । गत वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गर्नुभएको भरतपुरको हिमालयन फन्टियर्स प्याराग्लाइडिङको व्यावसायिक उडान बर्खा लागेसँगै स्थगन गरिएको थियो । कम्पनीका सञ्चालक शैलेन्द्र रावतका अनुसार वर्षाका कारण बाटो बिग्रेको हुनाले सञ्चालनमा आउन नसकेको प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि भरतपुरका दुई स्थानबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

    भरतपुर महानगरपालिका–२९, चौकीडाँडा र कविलासडाँडाबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गर्न लागिएको उहाँले बताउनुभयो । सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकामा अबदेखि दुई ठाउँबाट उडान गर्न लागिएको रावतले जानकारी दिनुभयो । भरतपुर भ्रमण वर्षका अवसर पारेर प्याराग्लाइडिङ सुरु गर्ने भनिए पनि भ्रमण वर्ष स्थगित भएपछि कम्पनीले उडानको काम सुरु गर्न लागेको रावतको भनाइ थियो ।

    चितवनमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यको नयाँ अनुभवसँगै र बसाइ लम्ब्याउनका लागि प्याराग्लाइडिङले भूमिका खेल्ने उहाँले बताउनुभयो । समुुन्द्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र पाँच सय ८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने व्यवस्था मिलाएको र प्याराग्लाइडिङ अवतरण भने त्रिशूली नदी किनारको दुई सय ५० मिटर उचाइमा हुने रावतले जानकारी दिनुभयो । उहाँका अनुसार प्याराग्लाइडिङमा एक सय २० किलो तौलभन्दा कम भएकालाई मात्र उडान भर्न सकिनेछ । अवतरण गरिने स्थान त्रिशूली किनार भने तनहुँको देवघाट गाउँपालिकामा पर्दछ ।

    नयाँ गन्तव्यको खोजी गर्ने क्रममा यस क्षेत्रमा प्याराग्लाइडिङ सुरु गरिएको रावतले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्नेछ । उडानका लागि चौकीडाँडाबाट रु आठ हजार र कविलासबाट रु चार हजार तोकिएको छ । सुरुआतमा चौकीडाँडाबाट दुईवटा र कविलासबाट दुईवटा उडान गरिने छ । १० जना चालक राखेर काम गर्न पाउने भए पनि सुरुआतमा थोरै चालकबाट काम गर्न लागिएको रावतले बताउनुभयो ।

    यहाँको नागबेली परेको सडक र त्रिशूली नदी माथिबाट भरतपुर र देवघाटका रमणीय स्थलको दृश्यावलोकनसँगैको उडानले पर्यटकले भरपुर आनन्द लिन सक्ने उहाँको भनाइ थियो । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । कविलासडाँडा नारायणगढ मुग्लिनको मुख्य सडकबाट तीन किलोमिटर माथि रहेको छ । कविलास रिसोर्टको छेउमा गर्न लागिएको दोस्रो उडान स्थल माथि जान नसक्ने र अनुभव लिनेहरुका लागि सहज हुने रावतले बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.