• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

खैरहनीमा थारू संस्कृति जाेगाउन नवौं खिचरा महोत्सव : तयारी तीब्र, २८ गते उद्घाटन

  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । पूर्वी चितवनकाे खैरहनीमा नवाैं खिचरा महाेत्सवकाे तयारीलाई तीब्र पारिएकाे छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ काे आयाेजनामा खैरहनी-५, गौचरनमा पुस २८ देखि माघ १० गते सम्म महाेत्सव सञ्चालन हुने छ । आयाेजकले शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी गराएकाे हाे ।

    माघी पर्वकाे अबसर पारेर थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा-साहित्य, कला-संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महाेत्सव आयाेजना गरिएकाे हाे । प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा विगत नौ वर्षदेखि खिचरा महोत्सव हुँदै आएकाे छ । आदिमकालदेखि नै आदिवासी थारु समुदायको बसोबास रहेको यस क्षेत्रमा चितवन जिल्लाकै पहिलो यस प्रक्तिको महोत्सवको आफ्‌नै विशेषता र महत्व रहेको छ।

    “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मुल नाराका साथ आयोजना हुने यस वर्षको नवौ खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न गर्नका लागि २०१ सदस्यीय खिचरा महोत्सव मुलआयोजक र १५ वटा विभिन्न विषयगत समितिहरु गठन गरिएका छन् । खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभुषा प्रवर्द्धन गर्ने महत्वपूर्ण ब्राण्ड बनेको छ । यस महोत्सवलाई चितवनबासी थारु समुदायले मात्र नभई सम्पूर्ण जातजातिहरुले गर्वको रुपमा लिने गरेकाे महाेत्सव मुल आयाेजक समितिका संयाेजक रामेश्वर चाैधरीले बताए ।

    महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीयकला संस्कृक्तिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन गराउन १५० बटा स्टल रहने छ। होटल स्टलहरुमा थारु जातिका साथ-साथै विभिन्न जातिका खानाका परिकारहरु रहनेछन्। यस्तै शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरु समेत रहने छन् ।

    गरिनेछ । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर समेत रहनेछ । महोत्सबकै अवसरमा निःशुल्क स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। विगतवर्ष झै यसवर्ष पनि महोत्सबमा प्रवेशका लागि टिकट शुल्क रुपमा रु.५० र विद्यार्थीका लागि परिचयपत्रको माघारमा रु.३०।- कायम गरिएको थारू कल्याणकारिणी सभाकी केन्द्रीय पार्षद चन्द्राकुमारी चाैधरीले जानकारी दिईन ।

    जेष्ठ नागरिक र अपाङगहरुलाई पनि सहुलियत दरको टिकट कायम गरिएको छ भने टिकटघरमा हुने बत्यधिक भिडभाड नियन्त्रणका लागि डिजिटल प्रविधिबाट टिकट खरिद गर्नसक्ने व्यवस्था मिलाएकाे छ। साँस्कृतिक कार्यक्रम तर्फ महोत्सव अवधिभर ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाच जस्ता साँस्कृतिक नाचगीतहरुको बेजोड प्रस्तुति रहनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा खिचरा डान्स नाइडल रहनेछ ।

    विगत वर्ष भौ यसवर्ष पनि महोत्सवबाट विभिन्न विधामा नगदसहित सम्मान गरिनेछ । पूर्वी चितवन तरकारी खेतीको मुख्य केन्द्रविन्दु रहेको हुँदा हरेक वर्षझै कृषकहरुलाई नगदसहित सम्मान गरिनेछ । समापन कार्यक्रममा बादिबासी जनजातिका सवालहरुमा क्रियाशिल रहेका चितवनका पत्रकारहरु मध्ये एकजनालाई नगदसहित सम्मान गरिनेछ । महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन रहेको छ।

    महोत्सवको सह-आयोजकको रुपमा उद्योग वाणिज्य संघ खैरहनी तथा सहयोगी संस्थाको रुपमा खैरहनी चेम्बर अफ कमर्श, नेपाल विद्युत् प्राधिकरण टाँडी शाखा, पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था एवम् थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ देखि १० सम्म रहेको छ । महोत्सवका समुदघाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने आयाेजकले जनाएकाे छ ।

    थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चाैधरी प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा वडाध्यक्षहरु छत्रनाथ सुवेदी, मनेजर चाैधरी, बन्धुराम महताे, कार्यबहाक वडाध्यक्ष सुरेन्द्र चाैधरी,थाकसका केन्द्रीय पार्षद कृष्णलाल चाैधरी, थाकस क्षेत्र नं ७ का संस्थापक अध्यक्ष नारायण महताे लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.