चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २३ घैलाघारि मध्यवर्तीै सामुदायीक वनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षिय पूर्णवहादुर बोटे रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार शुक्रबारबाट सोही वन क्षेत्रमा हराई रहेका बोटेको आज बिहान शब भेटिएको हो ।








