• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

उद्योग वाणिज्य संघ चितवनको चुनाव आज, अध्यक्षमा पन्त र श्रेष्ठबीच कडा प्रतिस्पर्धा

  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा सिरिष पन्त र सुमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । आज हुने चुनावमा अध्यक्ष पदमा पन्त र श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने भएको छ । पन्त संघको हालको उपाध्यक्ष हुन् भने श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुन् ।नारायणगढ, भरतपुर, रत्ननगर, खैरहनी, माडी र इच्छाकामनाका व्यवसायीहरु आबद्ध संघमा २ हजार ८५४ मतदाता छन् ।नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिका संयोजक अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    अध्यक्षका उम्मेदवार श्रेष्ठ संस्थापन प्यानलका हुन् भने पन्त विना प्यानल एक्लै चुनावमा होमिएका छन् । अधिवेशनले पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमिती चयन गर्नेछ ।कतिपय पद भने सर्वसम्मत भइसकेको छ । वस्तुतगततर्फ ४ जना, कर्पोरेटतर्फ दुई जना, क्षेत्रीयतर्फ १ जना गरी ७ जना कार्यसमितिका सदस्य निर्वाचित भएका छन् ।अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ जना पदाधिकारी, उद्योगतर्फ ६ जना, बाणिज्यतर्फ ६ जना र महिलातर्फ १ जनाका लािग मतदान हुन लागेको हो ।

    जिल्लाको पुरानो नारायणी फर्निचर व्यवसायीका रुपमा परिचित अध्यक्षका उम्मेदवार श्रेष्ठले निर्वाचित भए लगानीमैत्री वातवारण निर्माण गर्ने, बजार क्षेत्रमा पार्किङको वैज्ञानिक व्यवस्थापन गर्ने, आर्थिक मन्दीको असर परेको व्यवसाय क्षेत्रमा कर घटाउन पहल गर्ने, घरभाडा कम गर्न घरबेटीसँग सहकार्य र समन्वय गर्ने लगायतका एजेण्डा अगाडि सारेका छन् ।उनले संघमा आफ्नो पुरानो संलग्नता रहेकोले निर्वाचन जित्ने बताउँदै आएका छन् ।

    अध्यक्षका अर्का उम्मेदवार पन्तले चितवन महोत्सवमा हुने आर्थिक अनियिमता हटाउने, ३५ दिनभित्र महोत्सवको हिसाब सार्वजनिक गर्ने, बजार क्षेत्रलाई २४ सैं घण्टा चलाउनका लागि पहल गर्ने, पूर्वी र पश्चिम चितवनबाट आउने सवारीलाई नारायणगढ बजारसम्म ल्याउनका लागि दबाब दिने, व्यवसाय नगर्ने तर झोलामा संघको सदस्य बनेर चुनावमा भोट हाल्ने प्रवृतिलाई पूर्ण रुपमा अन्त्य गर्ने लगायतका एजेण्डा अगाडि सारेका छन् ।

    पन्तले संघमा महिला उपाध्यक्ष पदको व्यवस्था गर्न विधान संशोधन गर्ने, बैंकको ब्याजदर र कर घटाउन पहल लिने एजेण्डा लिएको जनाए । उनी हार्डवेयर व्यवसायीका रुपमा परिचित छन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (वाणिज्य) तर्फ राजेन्द्र ओली र रजनी मास्के उम्मेदवार छन् । वस्तुगत÷कर्पोरेटतर्फ उपाध्यक्षमा नारायण प्रधान र जनक पौडेल उम्मेदवार बनेका छन् ।उद्योगतर्फको उपाध्यक्षमा भने अशोक अधिकारी सर्वसम्मत बनेका छन् । उद्योगतर्फ उम्मेदवारी दर्ता गरेका थिरप्रसाद धितालले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि अधिकारी निर्विरोध बनेका हुन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.