काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँ कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








