• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

हराएको पहिचान फर्काउँदै चितवनको तोरी

  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै गएको थियो । तोरी उत्पादनमा कमी आएपछि चितवनले पनि कतै आफ्नो पहिचान गुमाउने हो कि भन्ने त्रास जिल्लावासीमा थियो । तर पछिल्ला वर्षमा भने तोरी उत्पादनमा क्रमशः वृद्धि हुँदै गएको छ । चितवनले हराएको पहिचान फर्काउने भएको छ । देशका अधिकांश नागरिक बसाइँ सरेर चितवन बस्न थालेको इतिहास छ ।

    वन फँडानी गरेर उनीहरुले मानवबस्तीको विकास गरेका हुन् । यही क्रममा यहाँको उर्वर माटो तोरीका लागि अत्यन्त उपयुक्त बन्यो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भरतपुरका प्रमुख महेश रेग्मी तोरीका लागि गोबर, पातपतिङ्गरबाट बनेका प्राङ्गारिक मल आवश्यकपर्ने बताउनुहुन्छ । यसबाट पाइने सल्फरजस्ता सुक्ष्म तत्वले तोरीको उत्पादन वृद्धि गर्दछ । रेग्मीका अनुसार विगतमा वन फँडानी गरेर वनेको खेतीयोग्य जमिनमा तोरी निकै राम्रो थियो । माटो बिग्रँदै गएर तोरीको उत्पादन निकै न्यून बन्यो ।

    उहाँको भनाइमा विसं २०५० सम्म तोरीको उत्पादन निकै राम्रो हुन्थ्यो । चितवनसहित सुर्खेत, दाङ, सर्लाहीलगायतका मधेसका फाँटहरुमा तोरी निकै राम्रो उत्पादन हुने गरेको रेग्मी बताउनुहुन्छ । विगत केही वर्षयता विगतको साखलाई तोरीले फर्काएको छ । उहाँको भनाइमा विसं २०७६ तिरदेखि तोरीको उत्पादन बढ्दै गएको छ । अहिले धानभन्दा बढी जमिनमा तोरी लगाउन थालिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार क्षेत्रफल मात्रै होइन उत्पादकत्वसमेत बढ्दै गएको छ ।

    तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत धेरै कारण थिए । कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टर मात्र पुगेको थियो । करिब २२ वर्ष चितवनमै कृषि अधिकृत रहेका रेग्मी अहिलेको उत्पादन वृद्धिलाई पहिलेको भन्दा अझै राम्रो भएको बताउनुहुन्छ । बजारमा तेलको मूल्य अस्वाभाविक वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले पनि किसानलाई तोरीतर्फ आकर्षित गरेको उहाँ बताउनुहुन्छ ।

    पहिले लगाइएका चितवन लोकल, सुर्खेत लोकल, दाङ लोकल जातका तोरीसँगै अहिले नयाँ जात विकास भएका छन् । बढीमात्रामा प्रगति, उन्नति नामका स्वदेशी जातसँगै विदेशी विभिन्न जातका तोरी भित्र्याइएको छ र यसकारण पनि उत्पादन बढाएको छ । रेग्मीले भन्नुभयो, “धानभन्दा बढी तोरी लगाउन थालिएको छ, उत्पादन बढेको छ, यसलाई सरकारले अनुसन्धान गरेर प्रवर्द्धन गर्नुपर्छ । तोरीको तेलको मूल्य पाएपछि किसानले क्षेत्रफल पनि बढाएका छन् ।”

    जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएकाले पनि किसान तोरीखेतीतर्फ केन्द्रित भएको पाइन्छ । माडी नगरपालिका–३ का ओमप्रकाश महतो जङ्गली जनावारले तोरी बालीलाई नरुचाउने भएकाले सुरक्षित बाली भित्र्याउन पाउने भएपछि तोरीखेती गर्न थालेको बताउनुहुन्छ । चितवन जिल्लामा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसँग जोडिएका धेरै खेतीयोग्य जमिन छन् । यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबालीमा क्षति गर्ने गर्दछन् । उहाँ मात्रै होइन अहिले सो गाउँ नै तोरीमय भएको छ । उहाँले भन्नुभयो, “अहिले हाम्रो क्षेत्रमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरीखेती गरिएको छ ।

    तोरी छिटो पाक्ने र मूल्य पनि राम्रो पाउने भएकाले सबैको ध्यान यस बालितर्फ गएको छ । यो सजिलो खेती हो ।” कृषि ज्ञानकेन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताउनुभयो । गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने उहाँको भनाइ छ ।

    वर्षे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरीखेती गरिएको छ । तोरीबाली छिटो पाक्ने तथा चैते धान लगाउन सहज हुने भएकाले किसानको ध्यान यस बालीतर्फ गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष मुसुरो र गहुँबालीलाई समेत तेलहन बालीले विस्थापित गरेको छ ।” जिल्लामा गत वर्ष तीन हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ र एक हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएको थियो । अहिले कहीँकतै मात्रै यी बाली लगाइएको पाइएको उहाँले बताउनुभयो ।

    तेलहन बाली प्रवर्द्धनका लागि सरकारलेसमेत कार्यक्रम बनाएको हुँदा यसतर्फ आकर्षण बढेको हुनसक्ने उहाँको भनाइ छ । बागमती प्रदेशको बीउबिजन गुणस्तर केन्द्रका प्रमुख राजन ढकाल उन्नत जातको बीउ वितरण गर्न सकिएमा थप उत्पादन गर्न सकिने बताउनुहुन्छ । तोरी उत्पादनमा चितवनले राम्रो फड्को मारेकाले सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययन, अनुसन्धान गरेर थप उत्पादन वृद्धितर्फ लाग्नुपर्छ ।” चितवनको तोरी राम्रो गुणस्तरको मानिन्छ । यहाँ उत्पादन भएको तेल देशका प्रमुख सहरमा पुग्ने गर्दछ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.