• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

संस्थागतरुपमै वन अतिक्रमण

  •   शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा वन क्षेत्र अतिक्रमण संस्थागतरुपमा बढी हुने गरेको पाइएको छ । डिभिजन वन कार्यालय चितवनअन्तर्गत रहेको ५७ हजार छ सय ५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६८७ दशमलव ८३ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको हो । कार्यालयको तथ्याङ्कअनुसार ती क्षेत्रमा घर, मन्दिर, चर्च, विद्यालय लगायतका संरचना बनेका छन् । अतिक्रमित वन क्षेत्रमा ३८ वटा चर्च, ३० वटा मन्दिर, १७ वटा गुम्बा र २५ वटा विद्यालय रहेका छन् ।

    यस्तै पाँच हजार १२ अर्ध पक्की घर, एक हजार सात सय २४ कच्ची घर र ६४७ पक्की घर निर्माण भएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार वन अतिक्रमण सबैभन्दा बढी कालिका सव डिभिजन वन कार्यालयको क्षेत्रमा भएको छ । सो क्षेत्रमा ३९९ दशमलव १६ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण भएको हो । जहाँ अर्ध पक्की घर छ सय ११, ६७ वटा पक्की घर, ३६ वटा कच्ची घर र दुई विद्यालय छन् ।

    त्यसैगरी सबैभन्दा कम भरतपुर क्षेत्रमा अतिक्रमण भएको कार्यालयका सूचना अधिकारी खनालले बताउनुभयो । सवडिभजन वन कार्यालय भरतपुरअन्तर्गत ५६ दशमलव ६८ हेक्टर क्षेत्रफल अतिक्रमित भएको छ । सो क्षेत्रमा अर्ध पक्की घर एक हजार एक सय ५१, पक्की घर एक सय ५० कच्ची घर एक सय आठ वटा निर्माण भएका छन् । यस्तै दुईवटा मन्दिर, एउटा गुम्बा, दुईवटा विद्यालय निर्माण भएको तथ्याङ्कलाई उल्लेख गर्दै खनालले जानकारी दिनुभयो ।

    जसमध्ये देवघाट क्षेत्रको धार्मिक वन १७ दशमलव ७९ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो । यस्तै भरतपुरको गणेशस्थान वन क्षेत्रमा १६ दशमलव ६१ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । खनालले भन्नुभयो, “जिल्लामा हाल व्यक्ति विशेषबाट वन क्षेत्रमा अतिक्रमणको समस्यामा कमी भए पनि तोकिएको मापदण्ड पूरा नगरी वन क्षेत्रमा विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरी संस्थागत अतिक्रमण बढ्दो छ ।” जिल्लामा विसं २०३० देखि २०७२ सम्म वन क्षेत्र अतिक्रमणमा परेको कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो ।

    पुराना अतिक्रमण समाधानका लागि सरकारीस्तरबाटै विशेष योजना बनाएर अघि बढ्नुपर्ने बताउँदै उहाँले ती अतिक्रमित क्षेत्रमा थप अतिक्रमण हुन नदिने पक्षमा कार्यालय रहेको बताउनुभयो । नयाँ अतिक्रमण भएको क्षेत्रमा वन अतिक्रमण तथा रोकथाम रणनीति २०६८ अनुसार खाली गराउने प्रक्रियामा डिभिजन वन कार्यालय लागेको छ । जिल्लाको कूल भूभागमध्ये ६५ दशमलव ८५ प्रतिशत वन क्षेत्रले ढाकेको छ ।

    कूल वन क्षेत्र एक लाख ४७ हजार चार सय ९० हेक्टरमध्ये चितवन राष्ट्रिय निकुञ्जले ७१ हजार एक सय पाँच हेक्टर र मध्यवर्ती क्षेत्रले १८ हजार सात सय ३५ हेक्टर ओगटेको छ । डिभिजन वन कार्यालयअन्तर्गत ५७ हजार छ सय ५० हेक्टर क्षेत्रफलमा रहेको ३९ प्रतिशत वन कार्यालयले हेर्ने गरेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.