• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम सुरु

  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको छ । निकुञ्जभित्रका वन्यजन्तुलाई आहाराका लागि यो समयमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने गरिन्छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले विनियोजन गरेको बजेट र तराई भू–परिधि कार्यक्रम (ताल)को बजेटबाट घाँसेमैदान र पानीका तलाउको व्यवस्थापनको काम भइरहेको छ । निकुञ्जले तीन सय ७० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्न रु ४० लाख ७० हजारमा बोलपत्र आह्वान गरी काम सुरु गराएको छ ।

    तिवारीका अनुसार लामिताल, सुखिभार र भिम्ले क्षेत्र तथा आसपासमा घाँसेमैदानको व्यवस्थापन गरिँदै छ । तालको सहयोगमा भिम्ले क्षेत्रमा रु सात लाखको लागतमा घाँसेमैदानको काम गरिएको छ । पदमपुर क्षेत्रमा तालकै सहयोगमा घाँसेमैदान व्यवस्थापनका लागि रु ४० लाखको ठेक्का लगाइएको उहाँले जानकारी दिनुभयो । तिवारीका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको छ । थप एक सय हेक्टरमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने जनाइएको छ ।

    विगतका वर्षहरुमा घाँसेमैदान व्यवस्थापनमा धेरै लगानी गरिने भएको भए पनि पछिल्ला वर्षहरुमा बजेट निकै कम विनियोजन गर्ने गरिएको छ । घाँसेमैदान व्यवस्थापन गर्दा ठूला ढड्डीहरु फाँडेर नयाँ घाँसलाई मुना पलाउन सहज बनाइन्छ । अधिकांश ठाउँमा ट्र्याक्टरको प्रयोग गरिन्छ भने ट्र्याक्टर नजाने ठाउँमा मानिसले मात्रै काम गर्ने गरिन्छ । निकुञ्जभित्र १० हजार हेक्टर हाराहारी घाँसेमैदान छ । त्यसमध्ये हरेक वर्ष एक हजार हेक्टर क्षेत्रफल हाराहारी घाँसेमैदान व्यवस्थापन हुँदै आएको छ ।

    तिवारीका अनुसार एक वर्षमा रु चार करोडसम्म घाँसेमैदान निर्माण र व्यवस्थापनमा खर्च गर्ने गरिएको थियो । पछिल्ला वर्षहरुमा क्रमशः बजेट कम हुँदै आएर निकै न्यून मात्र छुट्याउन थालिएको छ । यसबाट प्रत्यक्ष रुपमा गैँडा लगायतका विचरण गर्ने वन्यजन्तु र बाघका आहारा प्रजाति प्रभावित भएका छन् । निकुञ्जको बजेटबाट रु छ लाखको लागतमा ध्रुव क्षेत्रमा दुई तलाउ निर्माण गरिएको छ । यसैगरी लामितालमा रु पाँच लाख खर्च गरेर तालको मर्मतसम्भार गरिएको छ । तालको सहयोगमा पानी पोखरीको सरसफाइ र व्यवस्थापनका लागि रु २५ लाखको ठेक्का लगाइएको छ ।

    तालकै सहयोगमा पदमपोखरी क्षेत्रमा पोखरी व्यवस्थापनका लागि रु २० लाखको काम सुरु गरिएको छ । निकुञ्जमा गरिएको पछिल्लो गणनाअनुसार वयस्क पाटेबाघ एक सय २८ रहेका छन् । दुर्लभ एकसिङ्गे गैँडाको सङ्ख्या छ सय ९४ रहेको थियो । सन् २०२१ मा गैँडा गणना गरिएको थियो भने सन् २०२२ मा बाघ गणना गरिएको थियो । गैँडा र बाघका लागि यो निकुञ्ज प्रख्यात छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.