• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

भरतपुर भ्रमण वर्ष उद्घाटनसँगै बाघ देख्न पाइने

  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते (मार्च १ तारिख) मा हुँदैछ । भ्रमण वर्षमा यहाँ आउने पर्यटकका लागि विभिन्न प्याकेजसँगै दुर्लभ पाटेबाघ सहजै देख्न पाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले एकाधले मात्रै बाघ देख्ने अवसर पाउँछन् । निकुञ्जले भ्रमण वर्षसँगै यहाँ आउने पर्यटकका लागि खोरमा बाघ देखाउने व्यवस्था गर्दैछ ।

    निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार भरतपुर महानगरपालिकाको देवनगर रेष्जपोष्ट नजिक दक्षिणकाली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा खोर निर्माण सम्पन्न गरिएको छ । बाघ हेर्नका लागि मचान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तिवारीका अनुसार अब केही दिनमा मचानको काम सम्पन्न हुन्छ । निकुञ्जले रु ५० लाख खर्च गरेर त्यहाँको वन्यजन्तु उद्धार केन्द्रमा बाघका लागि खोर निर्माण सम्पन्न गरेको छ । सँगै महानगरपालिकाको सहयोगमा मचान र पहुँच सडक निर्माण हुँदैछन् ।

    उहाँको भनाइमा भ्रमण वर्ष उद्घाटन अघि नै त्यहाँ बाघ लगिनेछ । त्यसका लागि आवश्यक गृहकार्य भइरहेको तिवारीले जानकारी दिनुभयो । निकुञ्जको मुख्य कार्यालय कसरामा एउटा पोथी र तीन भाले बाघ खोरमा छन् । यसैगरी, सौराहामा दुई भाले छन् । ती बाघ हिंस्रक बनेपछि नियन्त्रणमा लिएर खोरमा राखिएको छ । तीमध्येबाट वा थप हिंस्रक बाघ नियन्त्रण गर्नु परेमा त्यसलाई खोरमा ल्याइँदै छ । पर्यटकलाई मचानबाट बाघ हेर्ने व्यवस्था मिलाउन लागिएको हो ।

    भ्रमण वर्षलाई लक्षित गरी मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल र बीस हजारी तालमा सरसफाइको काम भइसकेको छ । भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो । निकुञ्जले यहाँ रहेका जिप सफारीको पुराना रुटमा पनि सरसफाइ गरिसकेको छ । पर्यटकीयस्थलमा नक्सा (म्याप) राख्ने काम गरिएको उहाँले जानकारी दिनुभयो । निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसेमैदानलाई पनि व्यवस्थित बनाउने काम भइरहेको छ ।

    मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेशद्वारलाई शृङ्गार गर्ने काम गरिएको छभने निकुञ्जको मुख्यालय कसरामा सरसफाइ र रङ रोगनको कार्य भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने पर्यटकले सहजै बाघ देख्न पाऊन् भन्ने उद्देश्यले देवनगरको वन्यजन्तु उद्धार केन्द्रमा महानगरले समेत लगानी गरेर बाघ हेर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । त्यहाँ मचान निर्माण र पहुँच मार्गका लागि महानगरपालिकाका तर्फबाट काम धमाधम भइरहेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “अब निकुञ्ज घुम्न आउनेले बाघ देखिन भन्न पर्दैन ।” भ्रमण वर्षमा आउने स्वदेशी र विदेशी पर्यटकको प्रमुख गन्तव्य निकुञ्ज भएको जनाउँदै उहाँले निकुञ्ज प्रवेश गर्ने नाका र भ्रमणका गन्तव्यमा पर्यटकका लागि सहजीकरणको काम भइरहेको जानकारी दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.