काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै समितिका सभापति प्रा.डा. माधवप्रसाद भट्टराईले २० गते बसेको समितिको बैठकले नेपाललगायत २४ वटा देशमा दसैंको टीका लगाउने सही समय तय गरेको जानकारी दिएका हुन् । विभिन्न देशमा बस्नेहरूको माग बमोजिम टीका लगाउने साइत जुराइएको हो ।









