• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

नवौं खिचरा महोत्सवको समापन, दुई पत्रकार सम्मानित

  •   बुधबार, माघ १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  खैरहनी–५ गौचरणमा माघी पर्वको अवसर पारेर आयोजना गरिएको नवौं खिचरा महोत्सव सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको सो महोत्सवले अपेक्षाकृत सफलता हात पारेको छ । पुुस २८ गतेबाट सुरु भएर १२ दिनसम्म सञ्चालन भएको महोत्सव थारु संस्कृति संरक्षण र स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेढुंगा सावित भएको आयोजकले दावी गरेको छ । बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद जगन्नाथ थपलियाको प्रमुख अतिथि रहेको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले खिचरा महोत्सवलाई चितवनवासीको साझा सम्पतीको रुपमा अगाडि बढाउनु पर्ने बताए ।

    खिचरा महोत्सव रमाइलोको लागि मात्र नभएर थारु समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उपयुक्त माध्यम समेत भएको उनीहरुको भनाई छ । माघी पर्वको अबसर पारेर थारु समुदायको सँस्कृति, भेषभुषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनसंग सम्बन्धित १५० वटा स्टल रहेका थिए । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर रहेका थिए ।

    महोत्सवको साँस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय स्तरका कलाकारसंगै थारु संस्कृतिसंग जोडिएका ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाच प्रस्तुत गरिएको खिचरा महोत्सवका संस्थापक संयोजक नारायण चौधरीले जानकारी दिए । महोत्सवमा स्तानीय उतपादनको बजारीकरणको लागि प्रतियोगितात्मक कृषि उपज प्रर्दशनी र थारु समुदाय भित्र नयाँ प्रतिभाको खोजीका लागि खिचरा डान्स आइडल समेत आयोजना गरिएको संस्थापक संयोजक चौधरीले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद थपलियाले खिचरा महोत्सवलाई चितवनबासीको साझा सम्पतीको रुपमा विकास गर्न आफुले प्रयास गर्ने बताए । उनले पूर्वी चितवनमा हुने अन्य महोत्सवसंग नजुधाई खिचरा महोत्सव सञ्चालन गर्न आयोजकलाई सुझाब दिए । उनले पूर्वी चितवनमा निर्माणाधिन थारु संस्कृति संग्रहालयको पूर्णताको लागि सहयोग गर्ने बताए । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, थारु कल्याणकारिणी सभा चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरी, खैरहनी उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष कुमार खनाल, थाकसका पूर्व बरिष्ट उपाध्यक्ष भजुमनराम महतो लगायतले मन्तव्य राखेका थिए ।

    खिचरामा दुई पत्रकार सम्मानित

    यसैबीच थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले पूर्वी चितवनमा क्रियाशिल दुई जना पत्रकारलाई बुधबार सम्मान गरेको छ । खैरहनीमा आयोजना गरिएको नवौं खिचरा महोत्सव २०८० को समापनको अवसर पारेर जननिकास डटकमका सञ्चालक दिलीप डल्लाकोटी र थारुवान डटकमका चितवन संवाददाता कारी चौधरीलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

    पत्रकारिता मार्फत थारु संस्कृतिको संरक्षणमा योगदान गरेको भन्दै डल्लाकोटी र चौधरीलाई सम्मान गरिएको हो । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद जगन्नाथ थपलिया र थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का अध्यक्ष रामेश्वर चौधरीले डल्लाकोटी र चौधरीलाई नगद सहित सम्मानपत्रले सम्मान गरेका थिए । साथै महोत्सव सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.