चितवन । चितवन मेडिकल कलेजको कोभीड–१९ प्रयोगशालमा गरिएको परिक्षणमा ४५ पुरुष र ३० महिला गरि थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २५ पुरुष र १६ महिला गरि ४१ जना, रत्ननगरका ३ पुरुष र ३ महिला गरि ६ जना ,खैरहनि र राप्तीका १÷१ पुरुष, कालिकाका २ पुरुष र माडीका १ पुरुष गरि चितवनका मात्रै ५२ जना रहेका छन । अन्य संक्रमित हुनेहरुमा नवलपुरका ६ पुरुष ४ गरि १० जना, मकवानपुरका ३ पुरुष ३ महिलागरि ६ जना, तनहुँका १ महिला, बारा, सर्लाही, रौतहट, रुपन्देही र धादिङका १÷१ पुरुषगरि ५ जना र लमजुङ्गका १ महिला समेतगरि जम्मा ७५ जना रहेका छन । संक्रमितहरु ११ देखि ७६ बर्ष सम्मका रहेका छन । परिक्षण गरिएका नमुनाहरु सबै सिएमसी स्वाब संकलन केन्द्रबाट लिइएको अस्पतालले जनाएको छ । विहिबार परिक्षण गरिएका २८१ वटा नमूना मध्ये २०६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ७५ वटा नमुनाको पोजेटिभ आएको हो ।








