काठमाडौं । हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा अझै पनि कायमै रहेको छ । हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभरको मौसममा आंशिक बदली रहनेछ। प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








