• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

कुलिनरी आर्ट प्रतियोगितामा भरतपुरको इडन गार्डेन मावि पहिलो

  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको नारायणगढमा रहेको बालकुमारी कलेजले आयोजना गरेको कुलिनरी आर्ट प्रतियोगितामा भरतपुर–१० मा रहेको इडन गार्डेन माध्यमिक विद्यालय (मिलेनियम मोडल कलेज) पहिलो भएको छ । चितवन र नवलपुरमा होटल व्यवस्थापन पढाइ हुने विभिन्न २५ वटा शैक्षिक संस्थाहरु सहभागी भएको प्रतियोगितामा मिलेनियम मोडल कलेजद्वारा सञ्चालित इडन गार्डेन मावि पहिलो भएको हो ।

    माघ १५ दुवै जिल्लाका २५ वटा शैक्षिक संस्थाबीच भएको पहिलो चरणको प्रतियोगिताबाट विद्यालयसहित पाँच वटा शैक्षिक संस्था दोस्रो चरणमा प्रवेश गरेका थिए । आज (बुधबार) भएको फाइनल प्रतियोगितामा अन्य चार वटा शैक्षिक संस्थालाई पछि पार्दै मिलेनियम मोडल कलेजद्वारा सञ्चालित इडन गार्डेन मावि पहिलो हुन सफल भएको कलेजका क्याम्पस प्रमुख ईश्वर पण्डितले जानकारी दिनुभयो ।

    कलेजले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्दै राष्ट्रिय परीक्षा बोर्डतर्फ कक्षा ११ र १२ मा होटल व्यवस्थापनसहित विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन लगायतका कार्यक्रम र स्नातकमा त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरु बिएसडब्लु, व्यवस्थापन र शिक्षा शास्त्रका कार्यक्रम पनि सञ्चालन गर्दै आएको पण्डितले बताउनुभयो ।

    त्यसैगरी, उक्त कुलिनरी आर्ट प्रतियोगितामा कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पस दोस्रो तथा आयोजक बालकुमारी कलेजका विद्यार्थीहरु तेस्रो भएका आयोजक बालकुमारी क्याम्पसका सहायक प्राध्यापक रोविन शर्माले जानकारी दिनुभयो । शर्माकाअनुसार प्रतियोगितामा पहिलो हुने इडन गार्डेन माविले रु १० हजार, दोस्रो हुने मध्यविन्दु बहुमुखी क्याम्पसले रु सात हजार पाँच सय तथा तेस्रो हुने बालकुमारी कलेजले रु ६ हजार नगद पुरस्कारसँगै ट्रफी र मेडल पाउनेछ । विजेता शैक्षिक संस्थाका विद्यार्थीहरुलाई शुक्रबार पुरस्कार वितरण गरिने शर्माले बताउनुभयो ।

    बालकुमारी कलेजले माघ १९ गते शुक्रबारको दिन आयोजना गरेको बृहत् खाना महोत्सवको अवसरमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने शर्माको भनाइ छ । कलेज परिसरमा नै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म कलेजले खाना महोत्सवको आयोजना गरेको भन्दै सहभगिताका लागि उहाँले सबैलाई आग्रहसमेत गर्नुभएको छ । नारायणगढमा रहेको बालकुमारी कलेजले पहिलो पटक ‘बालकुमारी कलेज कुलिनरी आर्ट प्रतियोगिता–२०२४’ सञ्चालन गरेको हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.