• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

मगरले राज्य गरेको गलेखामकोटको प्रवर्द्धन गर्दै स्थानीय

  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ, गलेखामकोट । कन्टारबाट साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेखि नजिक रहेर पनि ओझेलमा परेको ठाउँ हो । व्यास नगरपालिका–६ मा अवस्थित गलेखामकोट सदरमुकामबाट १५ किलोमिटर दूरीमा छ । कुनै बेला मगर जातिका राजाले समेत राज्य गरेको यस ठाउँलाईको प्रवर्द्धनमा स्थानीय जुटेका छन् । गलेखामकोटमा मगर राजाले शासन गरेको र अन्तिम राजा चक्रधर राना रहेको गलेखामकोट टोल विकास संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठको भनाइ छ ।

    उहाँले भन्नुभयो, “धार्मिक तथा पर्यटकीय हिसाबले यो प्रचुर सम्भावना भएको स्थान भए पनि आवश्यक प्रचारप्रसार नहुँदा ओझेलमा परेको महसुस भएको छ । यस ठाउँको विकास र प्रवर्द्धनका लागि स्थानीय जुटेका छन् ।” यहाँका तत्कालीन मगर राजाले तनहुँका सेनवंशका राजासँग आत्मसमर्पण गरेको किंवदन्ती छ । पछि सेनवंशले गोरखाका शाह वंशसँग आत्मसमर्पण गरेको इतिहास छ । यो क्षेत्र पर्यटकीय हिसाबले अन्त्यन्त आकर्षक र तनहुँको तेस्रो अग्लो पहाडको रूपमा परिचित रहेको श्रेष्ठले बताउनुभयो ।

    यहाँबाट सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकास्थित थप्रेक, व्यास नगरपालिकास्थित कलेस्ती, सिसाघाट, लमजुङको भोर्लेटार, सोतीपसल, दुईपिप्ले, कास्कीको फेवाताल, बेगनासताल तथा विभिन्न ठाउँको रमणीय दृश्य देख्न सकिन्छ । स्थानीय मुनिराज गुरुङ प्रचुर सम्भावना बोकेर पनि यस ठाउँको विकास हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँबाट देखिने मनोरम दृश्यले जो कोहीलाई लोभ्याउँछ, तर यस ठाउँको पर्याप्त प्रचार–प्रसार हुन सकेको छैन । हामी अब यसको प्रवर्द्धनमा जुटेका छाँै ।”

    उहाँले पछिल्लो समय यहाँ शनिबार र बिदाका दिन फाट्टफुट्ट आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको बताउनुभयो । गलेखामकोटमा नेवार समुदायको बाहुल्यता छ । गलेखामकोटमा भ्यूटावरसमेत बनेको छ । यहाँ विसं २०७६ मा रु १६ लाख ५० हजारको लागतमा भ्यूटावर निर्माण भएको थियो । तीन तल्लाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्छ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, मनास्लुलगायतको हिमशृङ्खला देख्न सकिन्छ ।

    समुद्र सतहबाट दुई हजार दुई सय सात मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे–चौबीसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दसैँमा बेला विशेष पूजाआजा हुने गरेको छ । बडादसैँको नवमीको दिन मन्दिरमा पञ्चबलि दिने प्रचलन रहेको स्थानीय मनिता गुरुङले जानकारी दिनुभयो । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रूपमा काम गर्दै आएका छन् । यस ठाउँमा राजाको पालामा युद्धमा प्रयोग गरिएको हातहतियार सुरक्षितरूपमा राखिएको छ ।

    गलेखामकोटको प्रवर्द्धन र विकासका लागि नगरपालिकाले पहल थालेको वडाध्यक्ष जीवन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गलेखामकोट ऐतिहासिकस्थल पनि हो । यसको विकासमा नगरपालिका योजनासहित अगाडि बढ्छ ।”

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.