• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

चितवन घेदुङले मनायो सोनाम ल्होछार, विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान 

  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । तामाङ समुदायहरुको छाता संगठन नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले मञ्जुश्री सम्वत २८६० (डुक÷मु ल्हो) सोनाम ल्होछार मनाएको छ । घेदुङले शुभकामना आदान–प्रदान तथा विशेष सम्मान कार्यक्रम आयोजना गरेर सोनाम ल्होछार मनाएको चितवन जिल्ला घेदुङका अध्यक्ष बाबुलाल थिङ तामाङले जानकारी दिए । कार्यक्रममा अध्यक्ष तामाङले केन्द्रीय समितिको निर्देशन अनुसार गाउँ केन्द्रित ल्होछार मनाएको बताए । यसअघि नारायणी नदी किनारमा ल्होछार मनाउने तयारी गरिए पनि केन्द्रको निर्देशन पश्चात यसपटकको ल्होछार सबै गुम्बा र गुठीहरूमा मनाउने उनको भनाइ थियो ।

    उनका अनुसार कार्यक्रममा तामाङ समुदायको प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रमा योगदान दिएर परिचय दिन सफल व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने व्यक्तित्वहरुमा तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङ, तामाङ पत्रकार संघका केन्द्रीय सचिव उर्गेन तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष राजेश रूम्बा तामाङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङलाई सम्मान गरिएको हो । जिल्लाका अध्यक्ष तामाङलाई तामाङ समुदायको हक अधिकार र पहिचानको निम्ति सञ्चारको माध्यमद्वारा विभिन्न समयमा पु¥याउनु भएको योगदाको उच्च मूल्याकंन गर्दै सम्मान गरिएको हो ।

    यस्तै भरतपुर महानगरपालिकाका वरिष्ठ इञ्जिनियर सूर्यप्रकाश लामा, अधिवक्ता अजयकुमार तामाङ, भरतपुर नगर तामाङ समाजका पूर्वअध्यक्ष पासाङ तामाङ, तामाङ पहिचानको आन्दोलनमा घाइते भएका अमृत थिङ तामाङलाई सम्मान गरिएको हो । त्यस्तै घेदुङका पूर्वअध्यक्षहरु मोहन स्याङ्बो, गोपीराज घलान, श्रीप्रसाद तामाङ, कर्मा लामा, शेरमान तामाङलाई पनि संस्थामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको उनले बताए । यस्तै नेपाल तामाङ घेदुङको महिला घेदुङ, युवा घेदुङको जिल्ला समिति, घेदुङकै महानगर समिति र राप्ती नगरसमितिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा दुई नगर समितिलाई उत्कृष्ट समितिको रुपमा सम्मान गरिएको थियो ।

    सम्मानित सबैलाई बागमती प्रदेशका पूर्वमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि दावादोर्जे लामाले सम्मानपत्र र खादामार्फत सम्मान गरेका हुन् । प्रमुख अतिथि लामाले कुनै समय राज्यबाट पछाडि पारिए पनि अबको दिनमा तामाङ समुदाय पनि सक्रिय हुँदै आएकोले आफ्नो अधिकार आफैँले खोज्न सक्नुपर्ने बताए । ‘त्यसकारण हामी पनि समयअनुसार चल्नुपर्छ । कसैको विरोध गर्नुभन्दा पनि आफू सक्षम भएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

    कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय सचिव गोमनसिंह रुम्बा लामा, राप्ती नगरपालिका उपमेयर देवेन्द्र लामा, चितवन घेदुङका इन्चार्ज अमृत लामा, नेपाल तामाङ घेदुङ पूर्व बुद्धिजीवी विभाग प्रमुख इमानसिंह लामा, घेदुङ बागमती प्रदेशका उपाध्यक्ष गोपीराज घलान, घेदुङ प्रदेशका उपसचिव दिलकुमारी थिङ, चितवन घेदुङका पूर्वअध्यक्ष मोहन स्याङ्बो, कृष्ण लामा, देछेन बौद्ध गुम्बाका सल्लाहकार शम्भु पाख्रिन, घेदुङ बागमती प्रदेश सदस्य ज्ञानबहादुर पाख्रिनलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    कार्यक्रम चितवन घेदुङका अध्यक्ष बाबुलाल थिङको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सन्देश घलानले संचालन गरेका थिए । कार्यक्रम जिल्ला समन्वय समिति चितवनको सभाहलमा सम्पन्न भएको हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.