• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण

  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलव्ध गराएको छ । व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलव्ध गराउने निर्णय गरेको हो । करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अझै सम्पन्न हुनसकेको छैन । भवनको केही काम अझै बाँकी छ ।

    सोही भवन ट्राफिक प्रहरीलाई उपलव्ध गराउने निर्णय भएको हो । व्यास –४ का वडा सदस्य सरोज भण्डारीले कार्यालय भवन अभावमा ट्राफिक प्रहरी कार्यालय सदरमुकामबाट अन्यत्र जाने सम्भावना बढेपछि नगरसभामा आफूले प्रस्ताव गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य पालिकाले जग्गा र भवन दिन्छौँ भनेर प्रस्ताव गरिरहेका थिए, सदरमुकाममा भएको कार्यालय अन्यत्र लैजानु ठिक हुँदैनथ्यो । करङकाठमा प्रयोगविहीन भवनलाई ट्राफिक प्रहरीको कार्यालय बनाउन सकिन्छ भनेर नगरप्रमुखसमक्ष प्रस्ताव लगेको थिएँ ।”

    भवनमा विद्युतीकरण र झ्यालढोका हाल्न बाँकी छ । ती सबै काम नगरपालिकाले नै पूरा गर्ने सहमति भएको छ । सबै काम सकेपछि ट्राफिक प्रहरी कार्यालय सोही भवनबाट सञ्चालनमा आउने ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त भवनको काम बीचमा छाडेर अलपत्र परेको रहेछ । हामीले नगरपालिकालाई अनुरोध गरेपछि नगरपालिकाले भवन हस्तान्तरण गर्ने निर्णय गरेको छ । अहिले भवनको सरसफाइको काम भइरहेको छ ।

    बाँकी सबै काम नगरपालिकाले नै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।” हाल व्यास–४ स्थित व्यक्तिका घरमा भाडा तिरेर कार्यालय सञ्चालन भइरहेको छ । हाल सातवटा कोठा भाडामा लिइएको छ । पुरानो घर भएकाले साँघुरो कोठाबाट सेवा प्रवाह गर्नुपरेको प्रहरी नायब निरीक्षक पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ भवनमा कार्यालय सञ्चालनमा आएपछि सेवा प्रवाहमा पनि सहजता हुन्छ ।” ट्राफिक प्रहरी कार्यालय तनहुँमा १५ जनाको दरबन्दी रहेकामा ३७ कार्यरत छन् ।

    कार्यालय मातहत जिल्लाभर १२ अस्थायी ट्राफिक प्रहरी पोष्ट छन् । पौडेलका अनुसार बेलचौतारा, आँबुखैरेनी, कोत्रे, भिमाद, थर्पु, कलेस्ती, बन्दीपुर, भन्सार, पुर्कोट, पुलजीप र देवघाटमा अस्थायी पोष्टबाट सेवा प्रवाह भइरहेको छ । कार्यालयले दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतनालगायतका काम गर्दै आएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.