• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चितवनमा जग्गा उपलब्ध नहुँदा होल्डिङ सेन्टर निर्माण भएन

  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनमा जग्गा उपलब्ध नहुँदा अहिलेसम्म पशुका लागि होल्डिङ सेन्टर निर्माण हुनसकेको छैन । उक्त सेन्टर निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गा उपलब्ध नहुँदा फिर्ता गएको हो । पशु विभागले चितवनको रामनगरमा उक्त सेन्टर निर्माण गर्न अघिल्लो वर्ष बजेट विनियोजन गरे पनि खर्च नहुँदा रकम फिर्ता भएको रामनगरस्थित पशु क्वारेन्टाइनका प्रमुख शिरिष गौतमले जानकारी दिनुभयो । “विसं २०७८ मा होल्डिङ सेन्टर निर्माण गर्न रु तीन करोड ८० लाख आएको थियो ।

    जग्गा नै नपाएपछि रकम फ्रिज भयो”, उहाँले भन्नुभयो, “अहिले पनि जग्गा भाडामा लिनका लागि रु दुई लाख ४० हजार आएको छ, तर जग्गा अहिलेसम्म पाइएको छैन । होल्डिङ सेन्टरका लागि राजमार्ग छेउ जग्गा आवश्यक पर्दछ तर यस्ता ठाउँमा जग्गा पाउन कठिन छ ।” महिनामा एक हजारभन्दा बढी पशुपक्षीका गाडी चितवन हुँदै राजधानी जाने गरेका छन् । त्यसमध्ये राँगा र भैँसीमात्रै दुई सय ५० ट्रक जाने गरेको प्रमुख गौतमले बताउनुभयो । “राँगाभैँसी ढुवानी गर्दा कुनैले पनि ढुवानी मापदण्ड पालना गर्दैनन् ।

    कसले कति गरेका छन् भन्ने मात्र हो”, उहाँले भन्नुभयो, “अली बढी नै मापदण्ड पालना नगर्नेहरूबाट छ महिनामा रु एक लाख २८ हजार जरिवाना उठाएका छौँ । पशु झार्ने ठाउँ नहुँदा जाँच गर्नसमेत कठिन भएको छ ।” नेपालमा पशु क्वारेन्टाइन नहुँदा पशु ढुवानीमा समस्या हुनाका साथै पशुलाई ३० घण्टाको निरन्तर यात्रा गराउन बाध्य भएको व्यवसायीहरूले बताए । देशका मुख्य राजमार्गमा पशुका लागि दानापानी खुवाउनका लागि होल्डिङ सेन्टर नहुँदा समस्या हुँदै आएको पशु ढुवानी व्यवसायी श्रीजन खड्गीको भनाइ थियो ।

    “अहिले पशुलाई ज्यादै दुःख दिएर व्यवसायीले लामो यात्रा गराइरहेका छन्”, उहाँले भन्नुभयो, “कम्तीमा मुख्य राजमार्गको किनारमा आठ–आठ घण्टाको अन्तरमा दानापानी खुवाउन यस्ता सेन्टर भइदिए पशुले समेत दुःख पाउने थिएनन् ।” पशु ढुवानी मामदण्ड, २०६४ ले पशुलाई दैनिक आठ घण्टाभन्दा बढी गाडीमा ढुवानी गराउन पाइँदैन भनेको छ । तर कतिपय व्यवसायीले दानापानीसमेत नखुवाई कैलालीबाट राजधानीसम्म पुर्याउने गरेका छन् ।

    अहिलेको अवस्थामा यो मापदण्ड कार्यान्वयन गर्न कठिन हुने नेपाल पशुपक्षी व्यवसायी सङ्घका महासचिव किशोरप्रसाद शर्माले बताउनुभयो । “नेपालमा पूर्ण पशु कल्याण सम्भव छैन । आंशिक कल्याणका लागि ठाउँ–ठाउँमा होल्डिङ सेन्टर बनाउन जरुरी छ”, उहाँले भन्नुभयो, “व्यवसायीहरू यसका लागि सहयोग गर्न तयार छन् तर गैँडाकोट वा चितवन कुनै एक ठाउँमा मात्र पनि होल्डिङ सेन्टर भए पशु तथा व्यवसायी दुवैलाई फाइदा हुने थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.