• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

सिँचाइ र शिक्षामा गुणस्तर निर्वाचन क्षेत्रका प्राथमिकता हुन् : सांसद योगेन्द्र मण्डल

  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो । अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन गर्न सकेका छैनौँ । अझै पनि हाम्रा पाइला उल्टोे दिशातर्फ उन्मुख छन् । देश निर्माणका लागि कयौँ कुरा बजेटसँग सम्बन्धित हुन्छ । केही बिना पैसा पनि सुधार गर्न सकिन्छ । उहादरणका लागि, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न अहिले बजेट चाहिन्न । राज्यले शिक्षकलाई तबल दिइरहेकै छ, विद्यालयका भौतिक संरचना पनि छन् । त्यतातिर ध्यान कसैको गएको देखिन्न । सामुदायिक विद्यालयको अवस्था सबैलाई जगजाहेर छ ।

    सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सुन्दा जति राम्रो छ, कार्यान्वयनको पाटो त्यति नै कमजोर छ । सबैभन्दा मुख्य विषय भनेको देश बनाउने हो भने भ्रष्टाचार न्यूनीकरण हुनुपर्छ । यो क्रमशः घट्दै जानुपर्छ । सुशासन प्रवद्र्धन हुनुपर्छ । जबसम्म भ्रष्टाचारमा संलग्न ठूला व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सकिन्न तबसम्म साना खाले भ्रष्टाचार हटाउन सकिँदैन ।

    जनताले विश्वास गरेर मलाई सदनमा पु¥याए । संसद्मा प्रवेश गरेको एक वर्ष बित्यो । दुःखका साथ भन्नुपर्छ, यसबीचमा मेरा अपेक्षा र जनताको आकांक्षा पूरा हुन सकेनन् । अभाव र महँगीको मारमा परेका जनतालाई कस्तो भएको होला ? हामी अनुमान गर्न सक्छौँ । विगतमा सांसद विकास कोष सञ्चालनमा आयो । पहिले जसले चलायो उसैले विरोध गरेको सुन्छु । पहिलोपटक सदनमा प्रवेश गरेकाले मैले यो कोष चलाउन पाएकै छैन । अरुले गरेको भ्रष्टाचारको आक्षेप र आरोप मलाई पनि प¥यो ।

    विकास निर्माणको जिम्मेवारी स्थानीय तहलाई छ, जनताले त्यो कुरा बुझेका छैनन् । अर्काेतर्फ निर्वाचनमा पराजित अनुहारलाई यसै कार्यकालमा सदनमा पु¥याउन राष्ट्रिय सहमति भएको देखिन्छ । देशको प्रमुख प्राथमिकता कानुन निर्माणमा भने सामान्य सहमति नहुने प्रवृत्तिले गम्भीर प्रश्न उब्जाएको छ । त्यसैले मैलै भन्दैआएको छु, सरकार र नेताहरु उल्टो बाटो हिँडिरहनुभएको छ ।

    संसद् र संसदीय समितिमा पनि त्यस्तै अनेक खालका विकृति र बेथिति देखिन्छ । सिन्को नभाँचे पनि बैठकका नाममा समितिमा एकै दिन तीनपटकसम्म भत्ता बुझ्ने गरेको सुनिन्छ । जनताको करको पैसा, यस्तो सस्तोसँग दुरुपयोग गरिनु हुन्न । जतिसुकै बैठक बसे पनि दिनमा पटक–पटक भत्ता लिनु भएन । अर्काे विडम्बना, कुनै शब्द विशेषमा एउटा व्यक्तिले विरोध गर्छ, दिनभर त्यसैमा अल्मलिइन्छ अनि भत्ता बुझेर घरतर्फ लाग्ने काम हुन्छ । जनप्रतिनिधिले काम नगरी भत्ता लिन मिल्छ ? त्यस्ता विषयमा न मिडिया न नागरिक समाज बोल्छ ।

    संसदीय समितिमा बोलेका र गरिएका अधिकांश निर्णय कार्यान्वयनमा जाँदैन । समय त्यतिकै खेर गएजस्तो लाग्छ । दिइएका सुझाव लागू भएमा हामीलाई पनि जोश र जाँगर आउँछ नि । सुझाव कार्यान्वयन नहुने हो भने खाजाखान र भत्ता बुझ्न मात्रै आउन जाँगर लाग्दैन । मजस्ता स्वतन्त्र सांसदका कुरा त्यहाँ सुनिन्न ।

    सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत आफ्नो कार्यकालमा गर्छु भनेका र बोलेका कुरा कार्यान्वयन गरिदिए पुग्छ । अरु नयाँ केही कुरा गर्नै पर्दैन । कतिपय अवस्थामा सत्तापक्षबाटै कानुन बनाउन सकिएन भनेको सुन्छु, बनाइदिए भइहाल्छ नि । मन्त्री स्वयंले सुशासनका कुरा उठाउँछन्, भ्रष्टाचारमा संलग्नलाई पक्राउ गरे भइहाल्छ नि । एउटै मुद्दामा मुछिएका कर्मचारी जेल बस्न पर्ने राजनीतिक नेता बाहिर आउने कस्तो न्याय ? कर्मचारीलाई मात्र दोष दिने प्रवृत्तिले विकास निर्माणका आयोजना समयमै सक्न चुनौती खडा भएको छ । त्यसको प्रत्यक्ष उदाहरण चालु आर्थिक वर्षको सात महिना बित्यो अहिले विकास बजेट खर्च १० प्रतिशतमा सीमित छ । सरकारले कृषि, खानेपानी, सिँचाइ, मलखाद, ऊर्जा, पर्यटन, रोजगारका क्षेत्रमा विकास गर्छु भनी घोषणा गरेका कुरा लागू होस् । नयाँ कुरा गर्न पर्दैन ।

    संसद्मै पनि आफूलाई हाइलाइट गर्न सांसदले स्वयं अनेक क्रियाकलाप देखाउँछन् । हामीजस्ता थोरै सङ्ख्यामा रहेका सांसदले जति नै राम्रा कुरा राखे पनि सुनिन्न । संसदीय प्रणालीमा दल, बहुमत र अल्पमतको कुरा आउँछ । जनताप्रति उत्तरदायी हुने सिलसिलामा कतिपय मन्त्रालयका कोठा र चोटामा दौडन पुग्दा समितिको बैठकमा उपस्थित सङ्ख्या न्यून भएको हो । त्यो सांसदको बाध्यता हो । मेरो मोरङ निर्वाचन क्षेत्र ५ नेपाल–भारत सीमासँग जोडिएको छ । त्यहाँका ९९ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । त्यहाँ गरिबी र बेरोजगारीको मार त्यतिकै छ । रोजीरोटीको समस्या छ । राज्यबाट घोषणा भएका सेवासुविधा कतिपय अवस्थामा कानुनको अभावमा प्राप्त हुन सकेको छैन । त्यस क्षेत्रका जनतालाई कानुनभन्दा विकास प्राथमिकता छ ।

    मतदाताले मलाई कानुनभन्दा विकासको कुरा बढी सोध्छन् र माग गर्छन् । मेरो निर्वाचन क्षेत्रको पहिलो प्राथमिकता सिचाई र शिक्षाको गुणस्तरसुधार हो । विद्युतीकरण नभएकाले सिँचाइ महँगो छ । शिक्षामा गुणस्तर सुधार गर्न कक्षा १ देखि पहल हुनुपर्छ । भएका साधनस्रोतको सही सदुपयोग गर्नुपर्छ । त्यस क्षेत्रको ठूलो क्षमता र तागत भनेको जमीन र श्रमशक्ति भएकाले सदुपयोग गर्न भरमग्दुर प्रयासमा छु ।

    विश्वमा प्रचलनमा रहेका विभिन्न निर्वाचन प्रणालीका तुलनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली नै सही छ । प्रत्येक व्यक्तिको मनभित्र देवता र दानव दुवै छ । दानवलाई अघि सारिएको खण्डमा नतिजापनि त्यस्तै खालको आउँछ, देउतालाई अघि सारेमा बोलेका कुरा पूरा हुन्छ । त्यो भनेको नियत राम्रो हुनुपर्छ, भ्रष्टाचार नहुने मन हुनुप¥यो । नेता हुने पैसा बटुल्ने, कार चढ्ने, सहरमा घर बनाउने प्रवृत्तिमा नियत गयो । प्राकृतिक, सांस्कृतिक र भौगोलिकरुपमा सुन्दर देश नेपालाई गरिब बनाई राखेर चलखेल गर्न सकिन्छ भन्ने बाहिरियाको सोच र नेतामा दूरदर्शिताको कमीकाकारण समृद्धिको यात्रामा बाधा परिरहेको छ । कतिपय जनतालाई ढाँटेर, छलकपट गरेर तथा बाहुबलीका आडमा नेता बनेकाले पनि जनहितमा काम हुन सकेन । भारतबाट बर्सेनि रु ३३ अर्बको रासायनिक मल खरिद गरिन्छ । तीन वर्षमा नेपालमै मलखाद बनाउने कारखाना खोल्न सकिन्छ, र विदेशबाट मलखाद ल्याउनै पर्दैन ।

    मैले आफ्नो जमिनमा नयाँ प्रविधि अपनाएको छु, त्यसबाट राम्रो उत्पादन भइरहेको छ । शिक्षामा गुणस्तर सुधार्न निर्वाचन क्षेत्रमा रहेका ८५ सरकारी विद्यालयमध्ये २५ वटामा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरुआत गरिसकिएको छ । आगामी तीन वर्षभित्र पूर्णरुपमा कार्यान्वयनमा जान्छ । गरिबी घटाउन स्वरोजगार कार्यक्रमअन्तर्गत परेवा पालनलाई प्रोत्साहन गरेको छु । यसबाट पनि पछि परेका जाति र समुदायको जीवनस्तर उकास्न सकिन्छ । दलित ऋषिदेव समुदायलाई दश जोर परेवा पाल्न प्रतिपरिवार रु पाँच हजार नगद उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । परेवा पालनलाई व्यवसायीकरण गर्दै लैजाने सोच छ । दुई जोर परेवा पाल्नेले दैनिक पाँच हजारसम्म आम्दानी गर्न सक्छन् । नेपाललाई विश्वमै समृद्ध मुलुकको सूचीमा लैजान सकिन्छ, यहाँ विकासका धेरै सम्भावना छन्, त्यसका लागि सबैभन्दा पहिला राजनीतिलाई सपारेर लैजानुपर्छ भन्ने मेरो मत छ ।

    सांसद मण्डलको परिचय

    सांसद योगेन्द्र मण्डल मोरङ निर्वाचन क्षेत्र नं ५ धनपालका स्थायी बासिन्दा हुनुहुन्छ । शैक्षिक योग्यता स्नातक रहेका नेता मण्डल लामो समयदेखि समाजसेवामा संलग्न हुनुहुन्थ्यो । गएको निर्वाचनमा उहाँ राजनीतिक दलका स्थापित उम्मेदवारलाई पन्छाउँदै स्वतन्त्र उम्मेदवारका हैसियतले प्रतिनिधिसभा सदस्य बन्न सफल हुनुभयो ।

    (‘सांसदसँग रासस संवाद’मा राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गर्नुभएको कुराकानीको सम्पादित अंश)

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.