चितवन ।
नेपालमा दैनिक रुपमा बढ्दै गएको बलात्कार, हत्या, हिंसाको विरूद्धमा आज भरतपुरको चौबिसकोठीमा विरोध प्रदर्शन भएको छ ।नेपाल बिद्यार्थी संघ मैयाँदेवी कन्या कलेज इकाई समितिको आयोजनामा बिरोध प्रदर्शन कार्यक्रम गरीएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस चितवनका जिल्ला सचिव उत्तम जोशिले हत्या हिंसा जस्ता जघन्य अपराध जरैबाट उन्मुलन हुन आबश्यक रहेको बताउनुभएको थियो ।
नेबिसंघ मैयाँदेवी कन्या कलेज इकाई समिति सभापति प्रनिशा गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य दिनेश कोइराला, राजेश्वर खनाल, निवर्तमान केन्द्रीय सदस्य कल्पना पौडेल, क्षेत्रीय सभापति अमृत बानियाँ, तरूणदल जिल्ला अध्यक्ष राजन ताम्राकार, निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ, बिद्यार्थी नेता परमेश्वर खनाल, पुष्कर अधिकारी, अर्जुन पौडेल, लक्ष्मीप्रसाद सापकोटालगायत बिशिष्ट ब्यक्तित्वहरुको उपस्थीती रहेको थियो ।
भने सोही अबसरमा चितवनका विभिन्न कलेजका नेबिसंघ इकाई सभापति, नगर सभापतिहरुको साथमा उल्लेख्य बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।








