• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

तीनै तहका सरकार र सञ्चारमाध्यमबीच बहस आवश्यक

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सरोकारवालाले तीन वटै तहका सरकार र सञ्चारमाध्यमबीच बहस जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाद्वारा प्रजातन्त्र दिवस तथा राससको ६३औँ वार्षिकोत्सवका अवसरमा इच्छाकामनामा आयोजित ‘सङ्घीयता, स्थानीय सरकार र पत्रकारबीच अन्तरक्रिया’मा उहाँहरुले नागरिकलाई सङ्घीयताको प्रत्याभूति दिलाउन स्थानीय तह प्रदेश र केन्द्र तीनै तहका सरकार र सञ्चारमाध्यमबीच बहस तथा पैरवी आवश्यक रहेकोमा जोड दिनुभयो ।

    इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चारमध्यम र पत्रकारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । उहाँले स्थानीय सरकारले गरेका काम जनतासामु जस्ताको त्यस्तै पु¥याउनु पनि सञ्चारमाध्यमको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ, जनप्रतिनिधिले कस्तो काम गरेका छन् जस्ताको त्यस्तै जनतासामु समाचारमार्फत पु¥याउनु आवश्यक छ ।”

    उहाँले स्वच्छ आलोचनाले आफ्ना कमीकमजोरी सच्याउने मौका प्राप्त हुने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा भएका गतिविधिलाई उजागर गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले पर्यटकीय हिसाबले महत्वपूर्ण इच्छाकामनाका ग्रामीण क्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ गर्न पनि अनुरोध थियो । उहाँले भन्नुभयो, “इच्छाकामना विकट होइन, पर्यटकीयस्थल हो, यहाँबाट हिमालदेखि तराईका फाँट सहजै दृश्यावलोकन गर्न सकिन्छ, सो विषयमा तपाईंहरुले समाचारमार्फत सहयोग गर्नुपर्छ ।” प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्यले तीन तहका सरकारबीच कार्य विभाजनको अन्यौलताले नागरिकले सङ्घीयताको अनुभूत गर्न नपाएको धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो, “सङ्घीयताका विषयमा मिडिया र तीनै तहका सरकारबीच गहनरुपमा बहस पैरवी हुन आवश्यक छ ।” तीनै तहका सरकारको कार्य विभाजनमा अलमलता देखिएको भन्दै आचार्यले सङ्घीय सरकारले गर्ने काम के हो ? प्रदेश सरकारले गर्ने काम के हो र स्थानीय सरकारले गर्ने काम के हो ? भन्ने अझै निक्र्याैल हुन सकेको बताउनुभयो । उहाँले सबैभन्दा प्रभावकारी र पहिलो समाचारको माध्यम स्थानीय मिडिया भएकाले स्थानीय सरकारले मिडियामैत्री कानुन बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

    गाउँपालिका उपाध्यक्ष माया सिलवालले इच्छाकामना भूगोलले विकट रहे पनि धार्मिक तथा पर्यटकीयस्थलले भरिपूर्णरहेको बताउनुभयो । उहाँले यहाँको प्रचारप्रसारका लागि भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, प्रेस चौतारी नेपालका निर्वाचन आयोगका केन्द्रीय उपाध्यक्ष नवराज ढकाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल , प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, इच्छाकामना–५ का वडाध्यक्ष रुद्र उप्रेतीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायण अधिकारीले राससको सेवाबारे जानकारी गराउँदै सङ्घीयतामा स्थानीय तहसम्म पत्रकारलाई पु¥याउने उद्देश्यले गाउँपालिका आएर कार्यक्रम गरिएको बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.