चितवन । नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल तरुण दल चितवनको आयोजना तथा नेपाल तरुण दल क्षेत्र नं १ . र ने.वि.संघ क्षेत्र नं. १ को सह आयोजनामा आईतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको आज (शनिवार) रत्ननगरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।नेपाल तरुण दल चितवनका सभापति राजन ताम्राकारले कोभिड १९ को महामारीमा चितवनमा रगतको अभाव भएसंगै रक्तदान जिवनदान जस्तो महान कार्य गर्न लागिएको जानकारी दिए । उनले नेपाली कांग्रेस कुनै न कुनै मानवीय सेवामा लागि सधैं लागिनै रहने पार्टी भएको कारणले गर्दा यो कोराना भाइरसको महामारीमा रक्तदान जस्तो महान कार्य केहि हुन नसक्ने ठानेर कार्यक्रमको आयोजना गरिएको बताए । ताम्राकारले आईतबार रत्ननगर–१ मा रहेको हरिहर बेन्क्युटमा बिहान ८ बजे देखि बेलुका ३ बजे सम्म रक्तदान कार्यक्रम हुने बताउदै कम्तिमा पनि ३ सय भन्दा बढि रगत संकलन गर्न लक्ष्य लिएको बताए । कार्यक्रममा उपस्थित नेपाल तरुण दल चितवनका सचिव प्रल्हाद उप्रेतीले तरुण दलको अहिलेको नया कार्य समितिले २०७३ साल असोज देखि हाल सम्म ९०० पोइन्ट भन्दा बढि रगत संकलन गरि सकेको जानकारी दिदै निकट भविष्यमानै चितवनमा सबैभन्दा धेरै रगत संकलन गर्ने संस्था आफुहरु हुने बताए । उक्त रक्तदान कार्यक्रमका संयोजक तथा नेपाल तरुण दल चितवनका सदस्य सुजन क्षेत्रीले कार्यक्रम भव्यरुपमा सम्पन्न हुने बिश्वास लिदै चितवन जिल्लाका कुनैपनि ठाँउबाट जो कोही पनि आएर रक्तदान गर्न सकिने तथा यातायतको सुविधा नभएकाहरुलाई सवारी साधनको पनि ब्यवस्था गरिने बताए । कार्यक्रमको सह आयोजक ने.वि.संघ क्षेत्र नं. १ का सभापति आयुष चन्द्र श्रेष्ठले कार्यक्रमको तयारी गर्ने क्रममा बिगत एक हप्ता देखिनै सम्पुर्ण टिमनै सक्रिय भइ लागि रहेकाले रक्तदाताकोे संख्या ३ सय पुर्याउन केहि गाह्रो नहुने बताए । कार्यक्रममा नेपाल तरुण दल क्षेत्र नं. १ का सभापति बुद्धि गुरुङ्ग, तरुण दल नगर समितिका राजु तामाङ्ग, शहिद स्मृती बहुमुखि कलेजका विवेक उदास तथा सह संयोजकहरु क्रमशः मनोज गुरुङ्ग, सुदन भण्डारी, बैभव लामिछाने, विकास गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।








