काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा ४० रुपैयाँले बढेर एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








