काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ७१ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७५ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७०.३ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ६४९ छ भने होम आइशोलेसनमा १७ हजार ६६६ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ६१३ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ ।








