चितवन । नेपाल कम्युनिष्ट पार्टी समाजबादीका अध्यक्ष माधब कुमार नेपालले अहिलेको गठवन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले भन्नुभयो “गठवन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन ।
गठवन्धन धर्मराएको पनि छैन । बलियो जगमा उभिएको छ ।” धेरै राजनैतिक दलहरु गठवन्धनमा रहेकाले सामान्य समसयाहरु आउने भन्दै उहाँले ती समस्याको समाधान खोजिने बताउनुभयो ।
देखिएका समस्याहरु छलफलबाट उपाय निकालिने उहाँको भनाई थियो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र आँफ्नो पाटीको बैठक बसेको र बिचारहरु आएको भन्दै उहाँले बिचारहरुको आधारमा कुन ढङ्गले अघि वढ्छन् त्यो हेर्न बाँकी रहेको बताउनुभयो । गठवन्धनमा देखिएका दरारहरुलाई समाधान गर्दै अघि वढीने उहाँको भनाई छ ।








