• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दाताको सहयोगमा सुविधासम्पन्न आँखा अस्पताल भवन

  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो । भवन निर्माण समितिका संयोजक एवं सङ्घका पूर्वसभापति चिजकुमार मास्केका अनुसार रु २० करोड १५ लाख २२ हजार लागत अनुमान गरी निर्माण थालिएको भवन रु १३ करोड ५० लाखमा निर्माण गरिएको हो ।

    उहाँका अनुसार नवनिर्मित भवनको पहिलो तलामा बाल आँखारोग बहिरङ्ग विभाग, दोस्रो तलामा अन्तरङ्ग विभाग र तेस्रो तलामा चारवटा मोडुलर शल्यक्रिया कक्ष रहेका छन् । विसं २०७८ फागुनमा निर्माण सुरु गरिएको सो भवन आउँदो शुक्रबार उद्घाटन गरिने कार्यक्रम छ । स्वदेशी तथा विदेशी दातृ संस्था, प्रदेश सरकार र भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भवन निर्माण गरिएकोे हो । उहाँले भन्नुभयो, “भवन निर्माणका लागि रु आठ करोड ५० लाख ७३ हजार पाँच सय ५७ चन्दादाता, दातृ तथा विभिन्न संस्थाहरूबाट प्राप्त भएको हो ।

    अपुग रकम अस्पतालले व्यहोरेको थियो ।” उक्त आँखा अस्पतालका तीनवटा शाखा अस्पताल, १८ वटा प्राथमिक आँखा उपचार केन्द्र छन् । ती शाखा, केन्द्र र मुख्य अस्पतालबाट गरी दैनिक आठ सय हाराहारीमा बिरामीले सेवा लिँदै आएको सङ्घका जिल्ला सभापति जयराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष तीन लाखभन्दा बढी बिरामीले सेवा लिने गरेकामा १० हजारभन्दा बढी शल्यक्रिया हुने गरेको छ । अस्पतालले ठोरीबाट भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ ।

    उक्त अस्पतालले बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका आठवटा जिल्लामा सेवा पुर्याउँदै आएको छ । विसं २०४४ चैत १८ गते स्थापना भई सेवा सुरु गरेको भरतपुर आँखा अस्पतालले अहिले उपचारात्मक, अनुसन्धानात्मक र प्रतिरोधात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो । सभापति श्रेष्ठले भन्नुभयो, “भवन निर्माणसँगै सेवालाई अझै प्रभावकारीरूपमा अघि बढाउने योजनामा रहेका छाँैं ।” उक्त अस्पतालमा आँखासम्बन्धी स्नातकोत्तरसम्मको पढाइसमेत हुँदै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.