चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक बर्ष ८०,०८१ को सात महिनामा १ करोड ८१ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आबको साउन देखि माघसम्म १ करोड ८१ लाख ३१ हजार पांँचसय रुपैंया संकलन गरेको हो । सबैभन्दा बढी राजश्व संकलन पुषमा कार्यालयले चालु अबको सात महिनाको अवधिमा सबैभन्दा बढी राजश्व संकलन पुष महिनामा भएको छ भने कम कात्तिकमा भएको छ । जसअनुसार पुष महिनामा २८ लाख ९८ हजार पांँचसय रुपैंया र कात्तिकमा २० लाख २५ हजार पांँचसय रुपैंया संंकलन गरेको छ ।
यस्तै कार्यालयले साउन महिनामा २४ लाख ३१ हजार पांँचसय, भदौमा २३ लाख ७० हजार, असोजमा २८ लाख ७७ हजार र मंसिरमा २६ लाख ६६ हजार पांँचसय र माघमा २८लाख ६२ हजार पांँचसय रुपैंया संकलन गरेको छ । कार्यालय प्रमुख सुरेश सुबेदीले पुष महिना पर्यटकीय र घुम्ने सिजन भएकोले सवारी साधनको आगमन बढी हुने भएकोले पनि पुष महिनामा कारवाही संँगै राजश्व संकलन बढेको हुनसक्ने बताए । ‘पुष महिना पर्यटकहरु घुम्ने सिजन र चहलपहल हुने सिजन पनि हो, उनले भने, यो महिनामा हाम्रो कार्यालयको तालिका अनुसार मुख्य सडक तथा भित्री सडकमा पनि सवारी चेकिङ्ग पनि तीब्र पारेका थियांैं.।’
कात्तिक महिनामा चाडबाडको सिजनमा नागरिकको सुरक्षाको लागि राज्यका अन्य निकायका थप ध्यान केन्द्रित हुने र सवारीचालक पनि सचेत भएर हिड्ने भएकोले कारवाही कम भएसंँगै राजश्व संकलन कम भएको उहांँको भनाई छ । २५हजार ४८८ सवारी साधन कारवाही चितवन ट्राफिक प्रहरीले सात महिनाको अवधिमा सबैभन्दा बढी सवारी साधन कारवाही असोजमा गरेको छ भने,सबैभन्दा कम कारवाही कात्तिकमा गरेको छ । जसअनुसार असोजमा ४ हजार १२९ वटा सवारी साधन कारवाहीमा परेका थिए भने ,कात्तिकमा २हजार ८४० वटा सवारीसाधन कारवाहीमा परेका छन ।
कार्यालयका अनुसार साउन महिनामा ३ हजार ४६१ वटा, भदौमा ३ हजार ५५३, मंसिरमा ३ हजार ६२९ , पुषमा ४हजार ७ वटा र माघ महिनामा ३ हजार ८६९ वटा सवारी साधन कारवाहीमा परेका छन । प्रमुख सुबेदीले सवारीको चाप र चेकिङ्गको प्रकृति र तालिका अनुसार सवारीसाधन कारवाही संख्या घटबढ हुने बताए ।








