चितवन । कोराना भाइरसको जोखिम न्यूनिकरण र सावधानी अपनाउन चितवनमा कोराना प्रकोप विरुद्ध जिल्ला स्तरीय व्यवस्थापन समिति गठन गरिएको छ ।
प्रदेशसभा सदस्य बिजय सुवेदीको संयोजकत्वमा जिल्लाका जनप्रतिनिधि, राजनैतिक दलका प्रमुखहरू र सरोकारवालाहरू सहित १५ सदस्यीय समिति गठन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चिवतनमा सोमबार भएको भेलामा समितिको सदस्यहरूमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ छन् ।
यस्तै समितिका अन्य सदस्यहरूमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। श्रीराम तिवारी, विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.बिजयचन्द्र आचार्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा। अनिलबिक्रम कार्की, चितवन मेडिकल कलजका अध्यक्ष एवं प्रबन्धनिर्देशक डा।हरिशचन्द्र न्यौपाने, कलेजअफ मेडिकल साईन्सेजका निर्देशक डा.मनोहर प्रधान, डा.भोजराज अधिकारी, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुँवर, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल छन् ।
यस्तै समितिको आमान्त्रित सदस्यहरूमा जिल्लाका सबै नगरपालिका र गाउँपालिका प्रमुखहरूलाई राखिएको छ । जसमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरी, माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, राप्ती नगरपालिका प्रमुख प्रभा वराल, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, ईच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ र प्रहरी उपरीक्षक नान्तिराज गुरुङ छन् ।
सल्लाहाकार संयोजकमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल र सहसंयोजकमा प्रदेश सभा सदस्य घनश्याम दाहाल रहेका छन । सल्लाहाकार समिति सदस्यहरूमा जिल्लाका प्रदेश सभा सदस्यहरू सबैलाई राखिएको छ ।
यसअघि गठन भएको भरतपुर कोरोना नियन्त्रण कार्यदललाई विघटन गरेको नयांँ कार्यसमिति बनाएको हो । यस्तै भेलाले सो कार्यदलले सञ्चलान गरेको भरतपुर कोरोना विशेष ९अस्थायी० अस्पतालको व्यवस्थापन भरतपुर अस्पतालको व्यवस्थापनमा समायोजन गर्ने निर्णय गरेको समिति संयोजक सुवेदीले जानकारी दिए । भेलाले नेपाल सरकारसमक्ष जिल्लामानै कोरोना परीक्षण र आबश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।
कोराना प्रकोप विरुद्ध जिल्ला स्तरीय व्यवस्थापन समिति गठन
कोराना प्रकोप विरुद्ध जिल्ला स्तरीय व्यवस्थापन समिति गठन
- अ
- अ
- अ








