• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

सबै वर्ग र समुदायलाई हेरेर कानुन बनाउँछौँ : सांसद बेल्वासे

  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्वासेलाई कानुन बनाउने जिम्मेवारी पाएका सांसदले कानुन बनाउँदा सबै वर्ग, जाति र समुदायलाई न्याय प्रदान गर्न सक्नुपर्छ भन्ने लाग्छ ।

    जनताको निरन्तरको सङ्घर्ष र बलिदानले मुलुकमा सङ्घीय गणतान्त्रिक शासन व्यवस्था आएको जनाउँदै यसले प्रदान गर्ने अधिकारको उपयोग सबै नेपालीले गर्न पाउनुपर्छ भन्ने उहाँको मान्यता छ ।

    “राष्ट्रियसभामा विधेयकहरू आउने, छलफल गर्ने, अध्ययन गर्ने तरिका विशेष किसिमको छ, कानुन बनाउँदा सबैखाले वर्ग, समुदायलाई हेरेर बनाउनुपर्छ”, नेकपा (माओवादी केन्द्र)का सांसद बेल्वासेले भन्नुभयो, “मुलुक सङ्घीयतामा गइरहेको अवस्थामा त्यसलाई कार्यान्वयन हुनेगरी र सबैलाई समेट्नेगरी विधेयक आएको छ कि छैन भनेर अध्ययन गर्छाैँ ।”

    “कतिपय विधेयकहरू स्पष्ट नबुझिनेगरी आएको हुन्छ । कतिपय विधेयकको पुनर्लेखन पनि गरिएको छ”, उहाँले विधेयक निर्माणका सन्दर्भमा भन्नुभयो, “विधेयक निर्माणमा समितिमा धेरै छलफल हुन्छ । छलफल गर्दा ६० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएमा नयाँ विधेयककै रूपमा बनाउँछौँ । विज्ञ, सरकार, सरोकारवालासँग छलफल गरेर मात्र अन्तिम रूप दिन्छौँ ।”

    सांसदका रूपमा चार वर्ष काम गर्दा उहाँमा धेरै कुराको अनुभव भएको छ । “संसद्ले कानुन बनाउँछ तर अधिकांश हामी सदस्यहरू कानुन विषय पढेर आएका होइनौँ । तालिम लिएर, अध्ययन गरेर विधेयक निर्माणमा लागिरहेका हुन्छौँ”, उहाँले जोड्नुभयो, “संविधान र ऐनहरू पढेर आवश्यक तयारी गर्ने गर्छु ।”

    सांसद हुनु र संसद् बाहिर रहेर काम गर्दा केही फरक अनुभव उहाँलाई भएको छ । “संसद्मा आएपछि जनताको समस्या शून्य र विशेष समयमा राख्न पाइन्छ, संसद्मा रहनु र बाहिर रहनुमा केही फरक त छ, संसद्मा रहँदा कानुन बनाउनुपर्ने विषयमा बढी ध्यान दिनुपर्ने हुन्छ”, उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “बाहिर रहँदा जनताको विषयवस्तुमा मात्र केन्द्रित भए हुन्छ ।”

    “विधायकलाई अध्ययन एकदमै जरुरी छ, सचिवालयले सहयोग गरेर मात्र पुग्दैन, त्यसका लागि आफूले जानेको र स्वअध्ययन गरेको हुन्छ, दलको सचिवालयले पनि सहयोग गर्छ”, सांसद बेल्वासेले भन्नुभयो, “समितिमा पनि केही अप्ठ्यारो परेका विषयहरूका खुलेर छलफल गर्न सकिन्छ । कानुन निर्माणमा पुराना प्रथा, परम्परा सबै हेरेर पनि छलफल गर्छौँ । अहिलेसम्म कुनै पनि विधेयक बहुमत वा अल्पमतले पारित गर्नुपरेको अवस्था छैन, त्यो सम्झिँदा असाध्यै खुसी लाग्छ ।”

    “बैठक ठीक समयमा सुरु हुन्छ । कुनै एक दलबाट राजीनामा दिएर आएको भए पनि कुनै दिन पनि राष्ट्रियसभा अध्यक्षले विभेद गरेको महसुस गर्नुपरेको छैन”, बैठक सञ्चालनका बारेमा अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “अध्यक्षले निष्पक्ष र हार्दिकतापूर्वक बैठक सञ्चालन गर्नुभयो । कुनै पनि पार्टीलाई असहज भएन, कुनै पक्षपात हुने तरिकाले बैठक सञ्चालन गर्ने र व्यवहार गर्ने गर्नुभएन । बैठकमा खुलेर छलफल गर्ने वातावरण बन्यो । समितिका बैठकमा पनि त्यस्तै हार्दिकता देखियो ।”

    “राजनीतिक जीवनमा मैले निकै लामो समय व्यतित गरिसकेकी छु”, सांसद बेल्वासेले विगत सुनाउँदै भन्नुभयो, “मेरा बच्चा पनि यही आन्दोलनमा जन्मिए, हुर्किए । महिला, दलित, पछाडि परेका वर्गसँग सङ्गठन निर्माणमा मैले भूमिका निर्वाह गरेकी छु । सक्रिय भएर काम गर्ने भएकाले पार्टीमा कुनै पनि किसिमको विभेद भोग्नुपरेको छैन ।”

    उहाँले भन्नुभयो, “जिम्मेवारीबाट पन्छिन मन लाग्दैन । महिलाको केन्द्रीय नेतृत्वमा २०५२ सालदेखि नै काम गर्दै आएँ, जतिसुकै कठिन परिस्थितिमा पनि मैले पार्टीको काम गर्न छाडिनँ ।”

    विसं २०२६ साल पुस ५ गते जन्मिनुभएकी सांसद बेल्वासे चितवन जिल्लाबाट प्रतिनिधित्व गर्नुुहुन्छ । हाल नेकपा (माओवादी केन्द्र) मा सक्रिय बेल्वासे २०४७ सालदेखि (तत्कालीन नेकपा चौथो अधिवेशन) राजनीतिमा होमिनुभएको थियो ।

    विसं २०४७ सालमा अखिल नेपाल महिना सङ्घमा सहभागी हुनुभएका बेल्वासे २०४७ सालमै नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)को सदस्य हुनुभयो । विसं २०४८ मा नेकपा (एकता केन्द्र)को घोराही नगर एकता अधिवेशनको प्रतिनिधि र सोही अधिवेशनबाट नगर समिति सदस्यमा निर्वाचित हुनुभयो । विसं २०५० साल फागुनमा सम्पन्न अखिल नेपाल जनवादी युवा लिगको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सदस्य तथा २०५७ सालमा जनमोर्चा नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभयो ।

    विसं २०७५ मा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को एकतापछि बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्य हुनुभयो । विसं २०७७ मा नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य भएर काम गर्नुभयो । सांसद बेल्वासेको अनुभव र विज्ञता खासगरी महिला समानताको अभियान, समाजसेवामा रहेको छ । सांसद बेल्वासेको फुटकर लेख र रचनाका कृति पनि प्रकाशन भएका छन् ।
    (सांसदसँग रासस सम्वादका लागि राष्ट्रिय समाचार समितिका समाचारदाता कालिका खड्काले सांसद गङ्गाकुमारी बेल्वासेसँग गर्नुभएको कुराकानीमा आधारित)

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.