• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पाठेघर र स्तन क्यान्सर पहिचान गर्न वडामै ‘स्क्रिनिङ’

  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    पर्वत  । पछिल्लो समय नेपालमा क्यान्सर लागेका महिलाहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ । ग्रामीण क्षेत्रमाका विपन्न र अशिक्षित परिवारका महिलामा यो रोगबाट बढी पीडित भएका चिकित्सकहरूले बताएका छन् । क्यान्सरपीडित महिलाको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पर्वतको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्न थालेको छ । नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थामा क्यान्सरको पहिचान गर्न फरक–फरक मितिमा अस्थायी ‘स्क्रिनिङ’ शिविरको आयोजना गरी लक्षण देखिएका महिलाहरूको पहिचान गर्ने भएको हो ।

    नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रुद्र शर्मा सापकोटाका अनुसार पाठेघरको मुख र स्तनमा भएको वा हुन लागेको क्यान्सरका बारेमा समयमा नै थाहा नपाउँदा सङ्क्रमणले च्याप्दै लगेका उदाहरण धेरै देखिएका छन् । जसले गर्दा सङ्क्रमण गहिरिसकेको हुने तथा त्यसको उपचार गर्न धेरै खर्च लाग्ने अवस्था आउने भएकाले समयमै यसको पहिचानका लागि ‘स्क्रिनिङ’ शिविर गर्न लागिएको सापकोटाले बताउनुभयो । महिलामा पाठेघरको मुख र स्तनको क्यान्सरको सङ्क्रमण बढिरहेको अवस्थामा फलेवासका महिलाहरूमा पनि यसको जोखिम रहेको भन्दै नगरपालिकाको आन्तरिक बजेटबाट कार्यक्रम गर्न लागिएको हो ।

    “परीक्षण गर्दा सङ्क्रमण वा जोखिम रहेको पाइएमा समयमै उपचारका प्रक्रिया सुरु हुने र कम खर्च र समयमै निको हुने भएकाले यो शिविर प्रभावकारी हुने उहाँले बताउनुभयो । शिविरमा आङ खस्ने समस्याको उपचार निःशुल्क गरिने भएको छ । शिविरमा गरिने परीक्षणबाट महिलामा आगामी १० वर्षभित्रमा क्यान्सरको जोखिम रहेको भए त्यो पनि थाहा हुने भएकाले यो परीक्षण अभियान महिलाका लागि महत्त्वपूर्ण रहेको स्वास्थ्य अधिकृत सापकोटाले बताउनुभयो ।

    अहिले गर्ने परीक्षणले महिलामा क्यान्सरको सङ्क्रमणको पूरै यकिन नगर्ने भए पनि सम्भावना र शङ्काका बारेमा स्पष्ट हुने उहाँको भनाइ छ । क्यान्सरको शङ्का लागेका बिरामीलाई थप परीक्षण गर्नुपर्ने अवस्थामा शिविरवाटै रेफर गरेर पठाइने फलेवासका नगरप्रमुख गङ्गाधर तिवारीले बताउनुभयो । तिवारीले घरको अर्थावस्थाका कारण उपचारका लागि अस्पतालसम्म जान नसक्ने महिलालाई नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ ।

    शिविर सञ्चालनका लागि बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनबाट चिकित्सक बोलाएर स्थानीय स्वास्थयकर्मीलाई प्रशिक्षण दिएको थियो । प्रत्येक स्वास्थ्य संस्थाबाट दुई–दुईजनाका दरले सहभागी ‘नर्सिङ स्टाफ’लाई तालिम दिएर जनशक्ति तयार पारिएको पालिकाले जनाएको छ । हरेक वडामा बिहान १० देखि साँझ ५ बजेसम्म शिविर चल्ने भएको छ । शिविर आजदेखि सुरु गरेर चैत २६ गतेसम्ममा पूरा गर्ने लक्ष्य नगरपालिकाको छ । सरकारको अध्ययनअनुसार नेपालमा प्रत्येक वर्ष करिब २० हजारभन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.