• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

पोखरा पर्यटकीय राजधानी घोषणा : हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जग

  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी ।  सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमन यिनै जगमा फस्टाएको हो पोखराको पर्यटन । प्रकृतिको वरदान पाएको पोखराले यिनै जगबाट उठ्दै आज पर्यटकीय राजधानीका रुपमा अर्को पहिचान थपेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुभएको हो ।

    पोखराका कुनाकुनाबाट उत्साहका साथ सहभागी स्थानीयको ठूलो उपस्थितिका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री दाहालले “प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दछु”, भन्नुभयो । पोखरावासीले गडगडाहट तालिका साथ वर्षौंदेखिको पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउने सपना–विपनामा परिणत भएको अनुुभूति गरिरहेका थिए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि लामो समयदेखि प्रयास हुँदै आएकामा धेरै समयको प्रयासपछि औपचारिक घोषणाको समय आज मिलेको हो ।

    घोषणाको तयारीका लागि गण्डकी प्रदेश सरकारले प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । उक्त समितिले विभिन्न सुझावसहित सरकारलाई आफ्नो प्रतिवेदन पेस गरेको थियो । पर्यटकीय राजधानी बनाउन आवश्यक न्यूनतम आधार उल्लेख गर्दै सो समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव दिएको थियो ।

    आवश्यक पूर्वाधार विकाससँगै दीर्घकालमा निरन्तर पर्यटक आइराख्ने वातावरण बनाउनका लागि सुझाएको समितिले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको व्यावसायिक उडान, त्यहाँबाट सार्वजनिक बस सञ्चालन गर्न, प्रदूषण कम गर्न विद्युतीय गाडीको प्रोत्साहन, पोखराका पर्यटकीय गन्तव्यको नाम र ठाउँबारे नेपाली र अङ्ग्रेजी भाषामा वृत्तचित्र बनाउन तथा पोखरालाई छाडा चौपायामुक्त बनाउनुपर्नेलगायत विभिन्न सुझाव दिएको थियो । पर्यटकीय राजधानी घोषणासँगै पूर्वाधार निर्माणलगायत कामलाई प्राथमिकताका साथ अघि बढाउँदै लैजाने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ ।

    पर्यटन राजधानी घोषणाले यहाँको पर्यटकीय पहिचानलाई अझै उँचो बनाएको उहाँले बताउनुुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेली जनताको सपना र अनवरत प्रयासबाट पोखरासहित समग्र गण्डकी प्रदेशको पहिचान थपिएको बताउनुुभयो । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका दृष्टिले अनुपम गन्तव्य पोखरा मुलुककै पर्यटन राजधानी घोषणा हुनु आफूहरूका लागि गौरवको विषय भएको उहाँले बताउनुुभयो ।

    यसले गण्डकी प्रदेशसहित मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपेको उहाँको भनाइ छ । पोखरा पर्यटन राजधानी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको पोखराका पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुुभयो । यो घोषणासँगै पोखराको पर्यटकीय गरिमा र महत्वलाई थप उजागर गरेको बताउँदै उहाँले आगामी दिनमा यहाँको प्रवर्द्धनसँगै पर्यटकीय राजधानीस्तरीय पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुुभयो ।

    पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट छ खर्बभन्दा बढी लगानी भइसकेको बताउँदै उहाँले यसको विश्वव्यापी प्रवद्र्धनका लागि तीनवटै तहका सरकार र निजी क्षेत्र सहकार्य गर्दै अघि बढ्नुुपर्ने आवश्यकता औँल्याउनुुभयो । पोखरामा लगभग वार्षिक १० लाख पर्यटक भित्रने गरेको बताउँदै उहाँले २० लाख पर्यटक भित्र्याउने गरी लाग्नुपर्नेमा जोड दिनुुभयो । “हामी छिमेकी भारत तथा चीनबाट अधिकतम् पर्यटक भित्र्याउने गरी लाग्नुु जरुरी छ”, उहाँले भन्नुुभयो, “यसका लागि प्रवर्द्धनलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुुपर्छ ।”

    हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यले पोखरा बास बसेसँगै पोखरा क्रमश ः पर्यटकीय गन्तव्यका रूपमा स्थापित बनेको पाइन्छ । इतिहासअनुसार सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए । सन् १९६० को दशकमा हिप्पी पर्यटकको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि सुरु हुँदै यहाँको पर्यटन बिस्तारै फस्टाउन थालेको पाइन्छ ।

    हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनका जगमा फस्टाउँदै गएको यहाँको पर्यटनमा त्यस यता व्यवसायीहरूले लगानी थप्दै गएको व्यवसायी बताउँछन् । माछापुच्छ«े फेवातालमा पौडने, तालै तालको सहर, आदि उपमा पाएको पोखरामा पछिल्ला समयमा विभिन्न पर्यटकीय पूर्वाधार पनि निर्माण भइरहेका छन् । विभिन्न राष्ट्रबाट आउने पर्यटकका साथै अतिविशिष्ट व्यक्तिले पनि यहाँको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । समय समयमा विदेशी अतिविशिष्ट व्यक्तिले भगवान्ले फुुर्सदमा बनाएको सहरजस्ता उपमा दिनुले पनि यहाँको महिमा र गरिमा अझै चुलिएको छ ।

    इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीय र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णन्ले पनि पोखराको भ्रमण गर्नुभएको थियो । त्यसयता पोखरामा विसं २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सार्क राष्ट्रका विशिष्ट पाहुनाहरूले पोखराको भ्रमण गर्नुुभएको थियो । त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि विसं २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको सौन्दर्यता विश्वमाझ पुुगेको थियो ।

    पोखरामा विसं २०७६ कात्तिकमा बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बन्नुुभएको थियोभने यही वर्ष कात्तिक १३ गते पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस यहाँ आएर नौका विहारदेखि पुम्दीकोटमा हिमालको दृश्यावलोकन गर्दै यहाँको सुन्दरताको प्रशंसा गर्नुुभएको थियो । पोखरा आउने पर्यटकले फेवातालमा डुबुल्की मारेजस्तै देखिने माछापुच्छ«े हिमालसहितको दृश्य अवलोकनसँगै आसपासका लेखनाथ क्षेत्रका बेगनास, रुपालगायत तालतलैयाको अवलोकन गर्ने गरेका छन् । त्यस्तै, सराङकोटबाट सूर्योदयको अवलोकनसँगै प्यारग्लाइडिङ, जिपलाइन आदि गर्ने गर्दछन् ।

    पोखराका प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल विन्दुवासिनी, तालबाराही, भद्रकाली आदिको दर्शनसँगै हालै पुम्दीकोटमा बनेको विशाल महादेव मूर्ति, विश्व शान्ति स्तुपसँगै काहुँ धरहरा आदिको अवलोकन गर्दछन् । पोखराका पातले छाँगो, गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरे गुफा आदि यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । यिनै विधितालाई देखेर नै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा भन्नुभएको छ,

    “कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् ।

    कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।।

    कहीँ छन् छहरा मात्रै पहरा कहीँ केवल नदी मात्रै कहीँ बग्छन् कहीँ छन् खाली जङ्गल ।।

    सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा तर सम्पूर्ण शोभाले परिपूर्ण छ पोखरा ।।”

    सुन्दर प्राकृतिक विविधताले सजिएको पोखरा पर्यटकीय राजधानी घोषणा हुनुु यहाँको मात्र नभै गण्डकी प्रदेश र समग्र नेपालकै पर्यटनको लागि महत्वपूर्ण उपलब्धि भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठको भनाइ छ । रासस

     

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.