• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

शालीनलाई मर्न बाध्य बनाएको भन्दै तीन शिक्षकविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दा

  •   सोमबार, चैत ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगरको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएको प्रमाण नभेटिएपछि शालीनको मृत्युको कारण आत्महत्या नै भएका निर्क्योल गर्दै हिरासतमा रहेका तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो ।

    जिल्ला अदालत चितवनमा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माविरुद्ध शालीनको आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जिल्ला अदालत चितवनमा दायर गरिएको अभियोगपत्रमा भनिएको छ, ‘घटनाको आधार प्रमाणहरु अध्ययन गर्दा निजहरुले तोकिएको पदबाट विचलित भइ होस्टल सञ्चालनको न्यूनतम मापदण्ड र वातावरणको समेत ख्याल नराख्दा र होस्टलमा रहने बस्ने गरेका विद्यार्थीहरुको उचित हेरचाह नगरी मृतक शालीन पोखरेललाई झुण्डिइ मर्न बाध्य बनाइ बाँच्ने अन्य विकल्पहरु नरही बाध्य भइ निज शालीन पोखरेल झुण्डिइ आत्महत्या गरेको देखिन्छ ।’

    सोही आधार मानी दायर अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा १८५ को उपदफा (२) विरुद्धको कसुर गरेको ठहर गरिएको छ । मुलुकी अपराध संहिताको दफा १८५ ले आत्महत्या दुरुत्साहन गर्न नहुने उल्लेख गरेको छ । यदि कसैले आत्महत्या दुरुत्साहन गरे कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा शालीनका बुबा दीपेन्द्र पोखरेलले फागुन १५ गते दायर गरेको जाहेरीमा तीन शिक्षकले छोरी पोखरेललाई बलात्कार गरी हत्या गरेको उल्लेख छ । सोही अभियोगमा अनुसन्धान गरे पनि अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदनले पोखरेलको कन्या जाली नच्यातिएको, सुसाइड नोट पनि उनकै भएको विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन आएको थियो ।

    अभियोगपत्रमा मुलुकी अपराध संहिता १८६ बमोजिम मृतक पोखरेलको हकवालालाई मनासिव क्षतिपूर्ति दिनसमेत मागदाबी गरिएको छ । १३ वर्षकी शालीन विद्यालयको छात्रावासमा गत फागुन १२ गते मृत अवस्थामा भेटिएकी थिइन् । उनको बलात्कारपछि हत्या भएको अभिभावकले आरोप लगाउँदै आएका थिए । तर, अनुसन्धानबाट बलात्कार र हत्या पुष्टि हुने प्रमाण नभेटिएपछि आत्महत्या दुरुत्साहनमा अभियोग लगाएर मुद्दा दर्ता गरिएको हो । उनीहरुविरुद्ध सोमबार थुनछेक बहस हुने जनाइएको छ । नेपाल प्रेसबाट साभार गरिएकाे

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.