भरतपुर । नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ । आज दिउसो भरतपुर महानगरपालिका १ पोखरा बसपार्क (गौरेश्वर मन्दिर पछाडि) नारायणी नदी किनारमा पुरुषको शव फेला परेको हो ।
अन्दाजी ३५ वर्षका पुरुषको शव काठमा अड्किएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले शव निकालेको र सनाखत समेत भएको प्रहरीले जनाएको छ ।
चैत २ गते देवघाटमा नुहाउने क्रममा वेपत्ता भएका धादिङ घर भएका नरेश अधिकारी भएको रोटरी धर्मशाला देवघाटका संचालक विष्णु कुँवरले बताउनुभयो ।
शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्त र घरपरिवारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।








