• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

अहिलेको सरकार चैते हावाहुरी हो: डा शशांक कोइराला

  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व महामन्त्री डा शशांक कोइरालाले अहिलेको सरकार चैत मासको हावाहुरी जस्तै भएको बताएका छन् । नेपाली काङ्ग्रेस चितवनको स्वास्थ्य समन्वय बिभागले शुक्रबारबाट आयोजना गरेको बृहत् नि:शुल्क स्वास्थ्य शिबिरलाइ कालिका ६ खोलेसिमलमा सम्बोधन गर्दै कोइरालाले यो सरकार जनचाहना अनुसारको सरकार नभई चैते हावाहुरी जस्तो सरकार भएको टिप्पणी गरेका छन् । उनले भने,एक्कासी मडारिएर आउँछ र छिन भरमै तहसनहस भएर जान्छ ।

    यो सरकार पनि त्यही प्रकृतिको हावाहुरी सरकार हो । अहिलेको सरकारमा अस्थिरता र खिचातानी छ,अस्थिरताको राजनीति धेरै समय टिक्दैन उनले भने,वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप पनि लगाए । फरक प्रसगमा कोइरालाले सिप र क्षमताका आधारमा समुदायमा समाजसेवा गर्नुपर्छ भन्ने भावना भित्री मनबाट जाग्नुपर्ने बताए। उनले हरेक नागरिकमा कुनै क्षमता छ भने समुदायमा लगानी गर्न आग्रह समेत गरे । उनले चिकित्सकहरुले बिरामीहरुको उपचार गर्दा आफु जस्तै सम्झेर उपचार गर्नुपर्ने तर्क राखे ।

    डाक्टरले आफ्नो सिपको सदुपयोग गरि कसैको पिडा हरण हुने भएकोले मनैबाट जाग्न आग्रह समेत गरे । कालिका नगरपालिका ६ निवासी १०६ बर्षिय भगिरथ लामिछाने र कोइरालाले सयुक्त रुपमा शिविरको उद्वघाटन गरेका हुन । नेपाली काङ्ग्रेस चितवनले पार्टीका पुर्व सभापति गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवसको अवसरमा समुदायमा काङ्ग्रेस अभियान अन्तरर्गत बृहत् नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । खनालका अनुसार चैत ९ गतेदेखि शुरु भएको शिविर १० गते साझ सम्म चल्ने छ ।

    सामाजिक उत्तरदायित्व अन्तरर्गत रहेर पार्टीले आमनागरिकलाई स्वास्थ्य सेवाको महसुस होस् भनेर नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो सभापति खनालले भने,जनताका माझमा, दुखसुखमा र जनताको मुटुमा बर्सौ देखि गडेर बसेको बेथितिको काडालाइ उखेलेर फाल्नका लागि यो शिविर निकै फलदायी र महत्त्वपूर्ण रहने छ । जनतासग नेपाली काङ्ग्रेस पार्टीलाई जोड्ने,जनताका शिक्षा,स्वास्थ्य,कृषि र रोजगारी लगाएतका बिषयहरुमा प्रत्यक्ष सहभागिता जनाउने र सम्बोधन गर्ने पार्टीको लक्ष्य रहेको उल्लेख गर्दै सभापति खनालले सघिय लोकतान्त्रिक गणतन्त्रात्मक ससदिय शासन प्रणालीको माध्यामबाट नागरिकका समस्या समाधानका लागि नेपाली काङ्ग्रेसले खेल्दै आएको भूमिका अविस्मरणीय रहेको पनि प्रष्ट पारे ।

    शिविरमा जनरल फिजिसियन,महिला तथा प्रसुती,आखा जाँच,दन्तरोग,पाठेघरको मुखको परिक्षण,बालरोग,नसा,हाडजोर्नी,शल्यचिकित्सा,नाक,कान तथा घाटी,मुटु रोग सम्बन्धि र छाला तथा यौन रोग सम्बन्धि सेवाहरु उपलब्ध गराइएको छ । शिविरमा आज पहिलो दिन ४ सय ९३ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन् भने आज भोलि गरेर दुइ दिनमा २ हजार जना स्वास्थ्य सेवाबाट लाभान्वित हुने नेपाली काङ्ग्रेस चितवनले जनाएको छ । यसैबीच नेपाली काङ्ग्रेस चितवनको घुम्ती बैठक कालिका नगरपालिका वडा ६ मा सम्पन्न भएको छ ।

    सभापति राजेश्वर खनालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरू, क्षेत्रीय सभापतिहरू, प्रदेशसभा सभापतिहरू र पालिका सभापतिहरूको उपस्थिति रहेको थियो । आजको बैठकमा उपस्थित नेता तथा कार्यकर्ताहरूले प्रस्ताव गरेका छलफलका विषयहरूका साथै समसामयिक विषय माथी गहन छलफल भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ,बागमती प्रदेशका निबर्तमान स्वास्थ्य मन्त्री उत्तम जोशी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.