चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बिहीबार गरिएको परिक्षणमा चितवनका ५१ सहित ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र ९ पुरुष गरि १७ जना, रत्ननगरका १ पुरुष, खैरहनीका ४ महिला र ४ पुरुष गरि ८ जना, राप्तीका ११ पुरुष र ९ महिला गरि २० जना र कालिकाका २ पुरुष र ३ महिला गरि चितवनका मात्रै ५१ जना रहेका छन । यस्तै अन्य संक्रमित हुनेहरुमा पाल्पाका २ पुरुष र १ महिला र रुपन्देहीका १ पुरुष समेत गरि जम्मा ५९ जना रहेका छन । संक्रमितहरु २ देखि ७८ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ । भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, लुम्बिनी मेडिकल कलेज र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका ३०५ नमुनाको परिक्षण गर्दा २५० नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ५५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।









