चितवन । चितवनमा एक महिला डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । बिहीबार मादक पदार्थ सेवन गरी हाम फालेकी उनको सकुशल उद्दार गरिएको छ भने छोरोको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे डेढ वर्षको छोरोलाई लिएर राप्ती नदीमा हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको छोरा घटनास्थलबाट करिब २ किलोमिटर तल मेजरघाटमा मृत भेटिएको चितवन प्रहरीले जनाएको छ । हेमन्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले नदीमा हामफाल्नुको कारण खुलेको छैन ।








