• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

भकुण्डे–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्ती सडक निर्माण सुस्त

  •   शनिबार, चैत २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    धुलिखेल (काभ्रेपलाञ्चोक)  । काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्त सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ । सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका स्थानीयले आक्रोश पोखेका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिक–४ मेथिनकोटका स्थानीय माधव कँडेलले सडक विस्तारसँगै स्तरोन्नति लागि खनिएकामा निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा वरिपरिका बस्ती र सडक प्रयोगकर्तालाई समस्या भइरहेको बताउनुभयो ।

    सडक ठेक्का सम्झौता भई काम थालेर व्यवस्थित बनाउनेतर्फ ध्यान नदिँदा यहाँका नागरिकले सास्ती व्यहोर्नुपरेको उहाँको भनाइ छ । सोही ठाउँका प्रेमप्रसाद चिमोरियाले सडक विस्तारका लागि भनेर भत्काएपछि अहिले एम्बुलेन्स समेत सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै कोही बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था आएको बताउनुभयो । “खनेपछि सोहोरेर सफा गर्दै गाडी आवतजावत गर्ने ठाउँ बनाउनु पर्ने हो । त्यसै छोडिएको छ, कामलाई निरन्तरता दिएको भए राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “त्यसो गर्नुको सट्टा खनेर बिगारेपछि महिनौँसम्म सम्याउने काम समेत निर्माण व्यवसायले नगर्दा आवागमनमा सास्ती भइरहेको छ ।”

    स्थानीय कमलनाथ चिमोरियाले बसाइ लेकमा र खेतीपाती बेँसीमा भएकाले दैनिक आउजाउ गर्न नै कठिनाइ भइरहेको बताउनुभयो । भइरहेको सडकलाई खनेर बिगारेपछि समयमा काम गर्नुपर्ने भन्दै त्यासो नगर्दा आवातजावतमा कठिनाइ झेल्नुका साथै सडक आसपासका घरबस्तीमा धुलोले समस्या पु¥याइरहेको उहाँको भनाइ छ । “भएको सडक खनेर बिगा¥यो तर बनाउनेतर्फ ध्यान नै दिएनन्”, चिमोरियाले भन्नुभयो । स्थानीय बासिन्दा राजन पौडेलले १९ महिनाअगाडि निर्माण सुरु भए पनि भत्काएर लथालिङ्ग पारेपछि आफूहरुले समस्या भोग्दै आएको बताउनुभयो ।

    आगामी बर्खाभरिमा बाटो सम्पन्न नगर्ने हो भने अझै सास्ती हुने भन्दै छिटो काम सम्पन्न गर्नका लागि सम्बन्धित निकायहरुले दबाब दिन उहाँले आग्रह गर्नुभयो । सडक डिभिजन भक्तपुरका इञ्जिनियर विन्दु अधिकारीले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नमोबुद्ध–५ च्यानडाँडासम्म सात किलोमिटर र तेमाल गाउँपालिका–५ को याङवेलबाट चापाखोरीसम्मको छ किमी सडक विस्तार तथा स्तरोन्नतिका लागि विसं २०७९ साउन १६ गते केएस देवी रमन÷तेज जेभीले रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।

    विसं २०८१ साउन १५ गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ । देवी रमण निर्माण सेवाले सम्झौता गरेर काम नगर्दा समस्या भएको भन्दै हाल अर्काे निर्माण कम्पनीले कामको जिम्मा लिएपछि केही प्रगति भएको इञ्जिनियर अधिकारीले बताउनुभयो । उहाँका अनुसार सम्पन्न गर्नुपर्ने समय सकिन करिब चार महिना मात्रै बाँकी रहँदा जम्मा २२ प्रतिशत मात्रै प्रगति भएको छ । तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्नका लागि ताकेता गरिरहेको भन्दै कार्यप्रगतिबारे निरन्तर अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

    निर्माण व्यवसायी सचिन बजगाईंले यसअघि सम्झौता गर्ने कम्पनीले काम छोडेपछि आफूले तीन महिनाअघि कामको जिम्मा लिएर निरन्तरता दिएको बताउनुभयो । पहिला काममा ढिलाइ भएको स्वीकार गर्दै अब कामले निरन्तरता पाउने उहाँको भनाइ छ । जनशक्ति थप गरेर कामलाई तिव्रता दिने उहाँले बताउनुभयो । “यसअघि १९ महिनामा जम्मा दुई प्रतिशत मात्रै काम भएकामा अहिले २२ प्रतिशत प्रगति भएको छ”, बजगाईंले भन्नुभयो, “असारसम्ममा सुरुको खण्डमा कालोपत्र सम्पन्न गर्नेछौँ । बाँकी समयमा माथिल्लो छ किमीअन्तर्गतको काम गर्छौँ ।”

    सो क्रममा उहाँले काम गर्ने ठाउँमा परेको विद्युत्को खम्बा, खानेपानीको पाइप, केही ठाउँमा बुद्धचित्त मालाको बोट परेको परेकाले समस्या भएको पारेको भन्दै समाधानका लागि सहयोग गर्न पालिकासँग आग्रह गर्नुभयो । तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले नमोबुद्ध नगरपालिकाभित्र काम भएसँगै पालिकाको सडकखण्डमा पनि काम थालनी गर्न आग्रह गर्दै बीचमा केही समस्या भएमा समन्वय गरेर सहजीकरण गर्न पालिका तयार भएको बताउनुभयो ।

    नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले निर्माण व्यवसायीले बीचमा काम छोडेकाले समस्या भएको भन्दै अहिले त्यो समस्या समाधान भएको बताउनुभयो । सडक खनेपछि व्यवस्थित नगर्ने र बीचमा काम छोड्ने गरेकाले आगलागी हुँदा वा अस्पताल पु¥याउन पनि सवारी सञ्चालन हुने अवस्था नभएको भन्दै अहिले काममा फर्किएको निर्माण कम्पनीलाई निरन्तर रुपमा काममा लाग्न दबाब दिने बताउनुभयो । काम रोकिएपछि दुई पटकसम्म सडक डिभिजन कार्यालयमा गएर कामलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गरेको बताउँदै लामाले निर्माण व्यवसायीलाई पटकपटक ताकेता गरिएको बताउनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले कामको अनुगमनपछि कार्यतालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको कामको प्रगती विवरण पेस गर्न आग्रह गर्नुभयो । “नागरिकको माग समयभित्र काम सम्पन्न गर्नुप¥यो भन्ने छ”, उहाँले भन्नुभयो, “काम गर्दा बीचमा आइपरेको समस्या समाधान गर्न पालिकाहरु र जिल्ला समन्वय समिति तयार छ । हामी आवश्यक सहजीकरण गर्नेछौँ । नागरिकलाई दुःख दिने काम नगरौँ ।” सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्नेछ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.