• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

आजदेखि औपचारिकरुपमा सुरु भयो बिक्रमबाबा मेला, उपप्रमुख अधिकारीले गरे सुभारम्भ

  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मगलबारदेखि विक्रम बाबा पुजा एवं मेला सुरु भएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुने गर्दछ। यस वर्ष पनि चैत कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ । आज मगलबार भरतपुर महानगरपालिका उप प्रमुख एवं मेला आयोजना मुल समारोह समितिका सयोजक चित्रसेन अधिकारीले एक कार्यक्रमका बिच विक्रम बाबाको पूजा आराधना गरी मेलाको शुभारम्भ गर्नुभएको हो ।

    मेलाको शुभारम्भ गर्नुहुदै नगर उप प्रमुख अधिकारीले विक्रम बाबा सबैको आस्थाको केन्द्रबिन्दु भएको बताउनुभयो । हिजोका दिनमा थारु समुदायले मात्रै मनाउदै र मान्दै आएको यस पर्वलाइ अहिले सबै जातजातीहरुले उतिकै महत्वका साथ मनाउदै आएको पाइन्छ उप प्रमुख अधिकारीले भन्नुभयो,बिक्रमबाबा हामी सबैको आस्था र धरोहर पनि हो । चैते दसैँमा हजारौं भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवन सहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुर लगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् । साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।

    मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजे देखि साँझ ५ बजे सम्म समय तोकिएको छ । साँझ ५ वजे पछि जंगली जनावारको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ । विक्रम बाबाको दर्शन गर्नाले सन्तान प्राप्ति, सुख शान्ति लगायतका मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको पाइन्छ । जानकारहरुका अनुसार वनाम गरेको आदीबासीहरुको (गुरौ) को बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गर्नाले मनले चिताएको पूरा हुन्छ भन्ने बिश्वास पनि रहिआएको छ ।

    चितवनको राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । मेलामा धुमपान तथा मद्यपानलाई पूर्णरुपमा निषेध गरिएको छ । त्यस्तै मेला परिसरमा सहायता कक्ष र हेल्थ डेस्क पनि राखिएको छ । भक्तजनहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स,भइपरी आउने दैवी प्रकोप तथा उद्धार को लागि दमकल पनि मेला अवधिभर मेला परिसरमा रहनेछ ।

    विक्रम बाबा पूजा स्थल कसरा क्षेत्रको भित्री व्यवस्थापनको जिम्मा चितवन राष्ट्रिय निकुञ्जले गरेको छ भने बाहिरी क्षेत्रको मेला व्यवस्थापनको जिम्मा नगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिएको छ । मेलाको झण्डै ७ लाख दर्श्नार्थिहरुले अवलोकन गर्ने अनुमान गरिएको कार्यसम्पादन समितिका सयोजक एवं भरतपुर २३ का अध्यक्ष दिपक दवाडीले जानकारी दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.