• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छ: प्रधानन्यायाधीश श्रेष्ठ

  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालन्यायको महत्व र आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्ने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा उहाँले बालन्याय बालअधिकारको महत्वपूर्ण आयाम रहेकाले त्यसको महत्व र आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बालन्यायकोे उचित र प्रभावकारी कार्यन्वयन गर्नु प्रत्येक सभ्य राष्ट्रको दायित्व हो । त्यसैले नेपाल पनि त्यसमा प्रतिवद्ध छ ।” उहाँले चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा एउटा छुट्टै बाल अदालतको स्थापना गर्ने सरकारको तयारी भएको बताउँदै बालन्याय प्रणालीलाई सुदृढीकरण गर्नेतर्फ विभिन्न प्रयासका बावजुद थुप्रै समस्या र चुनौती विद्यमान रहेको औँल्याउनुभयो ।

    कार्यक्रममा भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश धनञ्जय यशवंत चन्द्रचूडले बालबालिका समाजका भविष्य रहेका बताउँदै बालबालिकाको कमजोरी र आवश्यकता पहिचान गरी सम्बोधन गर्नुपर्ने बताउनुभयो । “बालबालिका समाजको विभिन्न आयामसँग गुज्रिएका हुन्छन् । पारिवारिक विघटन, घरेलु हिंसा, गरिबी वा अरू कारणले गर्दा उनीहरूले आवश्यक मार्गदर्शन पाउँदैनन् र नकारात्मक प्रभावमा पर्दछन्”, उहाँले भन्नुभयो ।

    बालबालिकालाई न्याय दिने कुरामा सम्पूर्ण कोणतर्फ ध्यानदिनु आवश्यक रहेको भन्दै चन्द्रचूडले विशेषगरी सीमान्तीकृत र पछि पारिएका समुदायका बालबालिकाले न्याय नपाउनेतर्फ सचेत रहँदै उनीहरूका तर्फबाट पनि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । विश्वभर नै साइबर क्राइमको जोखिम बढेको र त्यसमा मुख्य गरी बालबालिका निशानामा परेको पनि उहाँको भनाइ थियो । कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बालबालिकाको क्षेत्रमा रहेका समस्या पहिचान गरी तिनको सामाधान गर्न आवश्यक ऐन कानुन बनाउनुपर्नेमा जोड दिनुभयो ।

    “नेपालले बालबालिकासम्बन्धी महासन्धीमा पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको छ, त्यसलाई अक्षरशः पालनाका लागि हामी प्रतिबद्ध र दृढ छौँ”, उहाँले भन्नुभयो, “धेरै सन्धी र कानुनलाई अङ्गिकार गरिए पनि व्यवहारमा कार्यान्वयन गर्ने कुरामा खरो उत्रनुपर्ने आवश्यकता महसुस भएको छ । भविष्यमा ठोस् कदम चाल्ने छौँ ।” महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले देशमा बाल सुधार गृहको अवस्था निकै नाजुक रहेको बताउनुभयो ।

    उहाँले क्षमताभन्दा बढी बालबन्दीहरू एकैठाउँमा रहनुपर्ने बाध्यता रहेको भन्दै सुधारको पाटोमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“प्रत्येक जिल्लामा बाल न्यायिक समितिहरू छन् तर बालबालिकाहरूले साँच्चिकै न्याय पाएका छन् त ? त्यसमा पनि सोच्नुपर्छ । बाल न्यायसम्बन्धी थुप्रै कानुन बने पनि कार्यान्वयनको पाटो कमजोर रहेकाले अब सुधार्दै लैजानुपर्छ ।” नेपालका लागि युनिसेफ प्रतिनिधि एलिश आकुङ्गाले युनिसेफले बालअधिकारमा सहयोगी साझेदारका रूपमा काम गर्दैआइरहेको बताउनुभयो ।

    बाल न्यायसम्बन्धी सबै कानुन र नियमहरूको सङ्कलनसहित विशेष गरी कठिन परिस्थितिहरूमा बालबालिकासँग सम्बन्धित विभिन्न विषयमा अध्ययन गरी कार्य गर्दैआइरहेका पनि उहाँको भनाइ छ । केन्द्रीय बालन्याय समितिका अध्यक्ष एवम् सर्वाेच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले बालन्यायको पाटोमा थुप्रै चुनौती भए पनि केही हदसम्म उपलब्धि हासिल गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बाल न्यायसम्बन्धीको अवस्थालाई सुधार गर्न हामीसँग स्रोतसाधनका आवश्यकता छ । तथापि हामीले बाल सुधार गृह थप्ने र सुधारका लागि पहल गरिनै रहेका छौँ।”

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.