काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना उपचार नागरिक स्वयंले गर्नुपर्ने सरकारको निर्णयप्रति विरोध जनाएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुद्रा निर्णय गर्नुभन्दा सरकारले केही गर्न नसक्ने भन्दै एकैपटक भनिदिन आग्रह गरेका हुन् । ‘स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय “काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु”! यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’ उनले भनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी आफ्नो उपचार आफैं गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएपछि चौ








