काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार २ सय रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य स्थिर रहेर १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








