हेटौँडा। मकवानपुरमा सरुवा भएका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)सोमबार आईपुगेका छन् । दाङका प्रमुख जिल्लाअधिकारी रहेका गोविन्द प्रसाद रिजाल मकवानपुर सरुवा भएका थिए । उनले सोमबार आफ्नो पदभार सम्हालेको प्रशासन कार्यालयले जनाएको छ ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी रहेका दिपकराज नेपालको भने प्रमुख जिल्ला अधिकारीको रुपमा बारा सरुवा भएपछि रिजाल मकवानपुर आएका हुन् ।








