• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छुः डा कोइराला

  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उहाँले प्रतिबद्धताअनुसार काम भइरहेको बताउनुभयो । “मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी प्रतिबद्धता पूरा गर्न म कटिवद्ध भएर लाग्ने छु”, उहाँले भन्नुभयो ।

    नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उहाँको भनाइ थियो । डा कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । “नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका रुपमा रहेको कृषि क्षेत्रमा बजेट घट्दै गएको छ । अहिले कूल बजेटको पाँच प्रतिशतका हाराहारीमा यस क्षेत्रको बजेट खुम्चिएको छ ।

    अब कृषि क्षेत्रबाट परिवर्तन ल्याउन सोच परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पालामा नवलपुरलाई आर्थिक राजधानी बनाउनेगरी कामको सुरुआत गरेको भए पनि त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो । उहाँले आफ्नो पालामा नवलपुरको देवचुलीमा औद्योगिक क्षेत्र बनाउने भनेर काम अघि बढाएको भए पनि अहिले सो योजना अलपत्र अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

    निजी क्षेत्रलाई लगानीतर्फ आकर्षित गरी सम्भावनाका क्षेत्रमा योजनाबद्ध विकास गरिनुपर्ने उहाँको भनाइ थियो । साधारणसभा उद्घाटनका क्रममा उद्योगी व्यवसायीले युवाहरू विदेश जाने क्रम बढ्दा नेपालको सम्भावनाका ढोका खुल्न नसकेका बताएका थिए । नेपालको शिक्षा पद्धतिका कारण युवा विदेशिने क्रम बढेको भन्दै उहाँहरूले त्यसलाई रोक्नतर्फ सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । सरकारले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सकेको अवस्थामा देशमा उद्यमशीलता वृद्धि हुने उद्योगीहरूको भनाइ थियो ।

    कार्यक्रममा जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अध्यक्ष एवम् प्रदेश उद्योग वाणिज्य सङ्घ गण्डकीका अध्यक्ष अमृत भट्टचनले देशकै केन्द्र भागमा रहेको गैँडाकोटको विकासका लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले निजी जग्गाको उच्च मूल्यवृद्धि हुँदा समस्या भइरहेकाले सरकारी जग्गालाई सहुलियत दरमा भाडामा लिने व्यवस्था गरे स्वदेशी र विदेशी लगानी बढ्नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    ठूलो धनराशि खर्च गरेर सरकारले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेकाले सरकारलाई यसतर्फ ध्यान दिनु आग्रह गर्नुभयो । सङ्घको पाँचौँ साधारणसभा, तेस्रो अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्नेगरी काम भइरहेको सङ्घका महासचिव छवि कँडेलले जानकारी दिनुभयो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.