सुर्खेत । सुर्खेतमा भएको जिप दुर्घटना मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ।
सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत- दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।
जीप आज बिहान दुई बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।
‘अहिलेसम्म दुई शव सङ्कलन गरेर सडकमा ल्याइएको छ । बाँकी दुई शव ल्याउने तयारी भइरहेको छ भने बाँकीको खोजी कार्य भइरहेको छ । जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








