• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

पोल्ट्रीको अत्याधुनिक प्रविधि देखेर किसान दङ्ग

  •   सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहाँका धेरैजसो किसानले परम्परागत रुपमा कुखुरापालन गर्दै आएका छन् । केही ठूला व्यवसायी आधुनिक प्रविधितर्फ गए पनि पछिल्लो अत्याधुनिक प्रविधि नेपालमा अझै भित्रिएको छैन । तर, यहाँ भएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा राखिएका अत्याधुनिक प्रविधि देखेर यहाँ आएका कुखुरापालक किसान दङ्ग परेका छन् । कम लागतमा धेरै अण्डा र मासु उत्पादनका लागि उपयोगी यस्ता प्रविधि देखेपछि किसान र व्यवसायी उत्साहित भएका हुन् । कतिपय विद्यार्थी र यस क्षेत्रमा रुची राख्नेहरु पनि आकर्षित भएका छन् ।

    विश्वका विभिन्न देशका विज्ञ र प्रविधि झिकाएर प्रत्यक्ष रुपमा किसानलाई बुझाउने काम प्रदर्शनीमा गरिएको थियो । झापाबाट प्रदर्शनी हेर्न आउनुभएका सुवास खतिवडा प्रदर्शनीमा राखिएका प्रविधिहरुको अध्ययन गर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “विदेशमा गएर हेर्नुपर्ने उपकरणहरु यही हेर्न पाउँदा खुसी लागेको छ ।” भरतपुर महानगरपालिका वडा नम्बर १२ का दिनेश कट्टेलले कुखुरापालन गर्नेलाई प्रदर्शनी निकै फलदायी भएको बताउनुभयो । पोल्ट्रीसँग सम्बन्धित उपकरण र औषधिका बारेमा हेर्ने र बुझ्ने अवसर पाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उपलब्धिमूलक प्रदर्शनी भएकाले यस्ता कार्यक्रम हरेक दुई–तीन वर्षमा हुनुपर्छ ।”

    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा भेटेरिनरी सङ्काय अध्ययनरत सविना पाण्डे प्रदर्शनीले विद्यार्थीदेखि किसानसम्मलाई अध्ययनका लागि सहज बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस्ता सामग्रीको विषयमा अध्ययन गरेका थियौँ । तर अहिले यहीँ प्रत्यक्ष हेर्न पाइयो ।” कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा सुविर सिंहले प्रदर्शनीमा किसान पाठशालाको संयोजन गर्नुभएको थियो । उहाँका अनुसार तीन दिनसम्म नेपाल, भारत, क्यानडा, ताईवान र मलेसियाका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    तीन दिनमा १९ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । जसमा कुखुरापालन सम्बन्धी अत्याधुनिक प्रविधिका बारेमा किसान, व्यवसायी र विद्यार्थीलाई बुझाउने प्रयास गरिएको थियो । विदेशमा जाँदा भाषाको समस्या हुने भए पनि यहाँ सहज रुपमा कतिपय विषय नेपालीमा बुझाइएको थियो । तीन दिनमा दुई सय ५५ जनाभन्दा बढीले प्रविधिको बारेमा ज्ञान हासिल गरेको उहाँले जानकारी दिनुभयो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेल नेपालमा यसअघि सन् २०१७ र २०१९ मा प्रदर्शनी गरिए पनि त्योभन्दा अझै राम्रो यो पटक गर्न सकिएको बताउनुहुन्छ ।

    यही जेठ १८, १९ र २० गते गरिएको प्रदर्शनीमा विश्वका विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धित फार्म, औषधि, दानालगायतका अत्याधुनिक उपकरण प्रविधिका बारेमा प्रदर्शन र पाठशाला सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । नेपाल पोल्ट्री महासङ्घ र इण्डिया पोल्ट्री ईक्यूपमेण्ट एशोसिएशनको आयोजनामा प्रदर्शनी भएको हो ।

    प्रदर्शनीमा एक सय ५० वटा स्टल रहेका थिए । नेपालमा पहिलो पटक विसं २०४८ मा प्रविधि भित्र्याएर व्यावसायिक कुखुरापालन गर्नुभएका नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट प्रदर्शनीबाट नेपाल र भारतीय किसान एवं व्यवसायी लाभान्वित भएको बताउनुहुन्छ । अत्याधुनिक प्रविधि प्रयोग गर्न सक्दा थोरै लागतमा धेरै उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । यसले किसान र कुखुरा पाल्नका लागि आवश्यक उपकरण उत्पादन गर्ने कम्पनीका बीचमा सम्बन्ध स्थापित गर्न सहयोग पुगेको उहाँको भनाइ छ ।

    प्रर्दशनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियिम, नेदरल्याण्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बग्लादेश लगायतका देशका कुखुरासँग सम्बन्धित कम्पनी तथा विज्ञहरुको सहभागिता रहेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.