भरतपुर । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा बृहत आँखा शिविर सम्पन्न भएको छ । अङ्कुरम् एकेडेमीको ‘स्वास्थ्य तथा पोषण क्लब’ र ‘सहयोगी हातहरू’ (हेल्पिङ ह्याण्ड्स क्लब)को सहकार्यमा उक्त आँखा शिविर सम्पन्न भएको हो ।
‘स्वस्थ आँखा र उज्ज्वल भविष्यका लागि सँगसँगै’ भन्ने नाराका साथ सुरु भएको आँखा शिविरमा विद्यालयमा अध्ययनरत ५६५ जना विद्यार्थीहरुको आँखा जाँच गरिएको विद्यालयकी स्वास्थ्य तथा कल्याण विभाग प्रमुख निर्देशक सरला पौडेलले जानकारी दिइन् । भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा आँखा जाँच गरिएका विद्यार्थीमध्ये ३२ जनामा ‘रिप्m¥याक्टिभ इरर’ पाइएको थियो ।
यो भनेको आँखामा हुने सामान्य विकार हो । त्यसैगरी १२ थप उपचारका लागि जनालाई भरतपुर आँखा अस्पतालमा रेफर गरिएको थियो । आँखा शिविरमा स्वस्थ आँखाका लागि अपनाउनुपर्ने जीवनशैली, व्यायाम र आहारबिहारबारे पनि जानकारी प्रदान गरिएको विद्यालयका सहप्राचार्य ओमराज मैनालीले जानकारी दिए ।
शिविरमा ५६५ जना विद्यार्थीलगायत करिब ५० जना शिक्षक÷कर्मचारीहरुको समेत आँखा जाँच गरिएको थियो ।









