चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर १३ बस्ने ४० वर्षका पुरुष रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ । ज्वरो तथा निमोनिया भई यही असोज २३ गते भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टी भएको थियो । क्यान्सर रोगबाट पनि ग्रसित ति पुरुषको सघन उपचार कक्षमा उपचारको क्रममा आज बुधवार उिउँसो ४ बजेर २८ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । यो सहित चितवन मेडिकल कलेजमा मात्रै कोरोना संक्रमितबाट मृत्यु हुनेको सख्या ४५ जना पुगेका छन् ।








